सहकारी ऐनले सहकारी क्षेत्रमा देखिएका विसंगती तथा समस्याहरुलाई निराकरण गरेको छ : खड्का

सुमन जि.सी, म्याग्दी २०७४ असोज २१ ।सहकारी तथा गरिवी निवारण राज्य मन्त्री चम्पादेवी खड्काले भर्खर मात्र संसदबाट पारीत भएको सहकारी ऐनले सहकारी क्षेत्रमा देखिएका विसंगती तथा समस्याहरुलाई निराकरण गर्नेमा विश्वस्त रहन सबैलाई आग्रह गरेकी छन् ।

म्याग्दी स्थित दिदीबहीनी बचत तथा ऋण सहकारी संस्था लि. बेनीको छैठौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै राज्यमन्त्री खड्काले सो कुरा बताएकी हुन् । संशोेधित ऐनले सहकारी मार्फत देशको आर्थिक समृद्धि संगसंगै देशमै रोजगारी सिर्जना, उद्यमहरुको स्थापना र महिलाहरुको शशक्तिकरणमा समेत महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो ।

राज्यमन्त्री खड्काले महिलाहरुले चाहेमा कुनै कुरा पनी असम्भव नरहेको बताउँदै त्यसको उदाहरण दिदीबहीनी साकोसले गरेका कार्यहरुले प्रष्ट पारेको बताईन् ।

कार्यक्रमकै अवसरमा विशिष्ट अतिथी म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले निर्णय क्षमता, कमाउने, आक्रमक र बलीयो पुरुषहरु मात्र हुन्छन् भन्ने नेपाली पारम्परिक सामाजिक मान्यता र सोचलाई दिदीबहीनी साकोसले विप्ल्याँटो बनाईदिएको बताए ।

सोही क्रममा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले अबको सहकारी अभियानलाई उचाईमा पु¥याउन शंसोधित सहकारी ऐन कोशेढुङ्गा सावित हुने कुरा व्यक्त गरेका थिए । ऐनमा उल्लेखित मुख्य मुख्य कुराहरु उल्लेख गर्दै पौडेलले सहकारी अभियानले उठाएका धैरै सवालहरुलाई ऐनले समेटेको र सुशासनका हिसावले पनी संशोधित ऐन निकै नै राम्रो रहेको बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघ लि. म्याग्दीका अध्यक्ष प्रेमवहादुर कार्की विखर्ची, मोना आईसीसीका अध्यक्ष योगेन्द्र के.सी. लगाएतले साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

साधारण सभाका अवसरमा उत्कृष्ठ बचतकर्ता, असल ऋणी, उत्कृष्ठ विद्यार्थी, उत्कृष्ठ उद्यमी, उत्कृष्ठ कर्मचारी लगाएतका विभिन्न १६ वटा विधामा शेयर सदस्य तथा सदस्यका छोरा÷छोरीहरुलाई सम्मान गरिएको थियो । सोही अवसरमा दिदीबहीनी साकोसले सुरुवात गरेको मुष्ठिदान कार्यक्रम अन्तर्गत विदेशमा श्रीमान गुमाएकी सिता बानीया र म्याग्दी स्थित एच.आई.भी. सक्रंमीत हरुकालागि होमवहादुर पुनलाई खाद्यन्ना हस्तान्तरण गरिएको थियो ।

साधारण सभामा संस्थाको तर्फवाट अध्यक्ष जमुना आचार्यद्धारा प्रस्तुत प्रगती प्रतिवेदन र प्रस्तावित नीति तथा कार्यक्रम, सचिव विष्णु गौतम सापकोटाद्धारा प्रस्तुत प्रतिवेदन र संस्थाका कोषाध्यक्ष जगतकुमारी खत्रीबाट प्रस्तुत आ.व. ०७३।०७४ को आर्थिक प्रगती प्रतिवेदन तथा ०७४।०७५ को प्रस्तावित आय व्यय तथा कार्ययोजना सवसम्मतीले पारीत भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *