मालढुंगा आसपास आधा घण्टाको अन्तरालमा दुई सवारी दुर्घटना, ३ जना यात्रु घाईते !

बागलुङ २०७४ असोज २१ । बागलुङ नगरपालिका १ मालढुंगामा भएको सवारी दुर्घटनामा ३ जना घाईते भएका छन् । दिउसो २ बजेको समयमा बागलुङबाट पोखरा तर्फ जाँदै गरेको ना ५ ख २१०६ नंवरको बस मालढुंगा नजिक अनियन्त्रित भै सडकको दायाँ साइडमा बिजुलीको पोलमा ठोक्किएर दुर्घटनाहुँदा त्यस्मा रहेका ३ जना यात्रु घाईते भएको ट्राफिक प्रहरीका हवल्दार बसन्त पौडेलले ईबागलुङलाई बताए ।


दुर्घटनाका प्रत्यक्षदर्शी प्रजिअ विष्णुबहादुर थापा घाईतेको उद्धारमा ।

सो दुर्घटनामा घाईते हुनेहरु नवलपरासी जिल्लाको रामग्राम बस्ने वर्ष ५५ की हरिकला कार्की, ऐ बस्ने वर्ष ९ का कृष्ण खत्री र बागलुङ नगरपालिका १३ पैयुँपाटाकी वर्ष २९की सावित्री परियार धौलागिरी अन्चल अस्पतालमा सामान्य उपचार पछी डिस्चार्ज भएर गन्तव्य तर्फ गएको प्रहरीले जानकारी दिएको छ ।

समाचार श्रोतका अनुसार बस मिस्त्रीले मापसे गरी चलाएको कारण दुर्घटना भएको थियो । बसका चालक र मिस्त्रीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला ट्राफिक कार्यालयका प्रनानि छब बहादुर घर्तीले बताए ।

गणेशस्थानको घुम्तीमा दुर्घटना भएको हाइलक्स (Hilux)जीप ।

बस दुर्घटनाको ठीक आधा घण्टा पछी दुर्घटना स्थल देखी आधा किलो मिटर माथी गणेश स्थानको घुम्टीमा बागलु«ङबाट काठमाडौ जाँदै गरेको ध १ ज ८६ नम्वरको जीप र विपरीत दिशाबाट आउदै गरेको ग १ च ५६६१ नम्वरको हाइलक्स जीप एकापसमा ठोक्किदा दुवै गाडीको अग्रभागमा सामान्य क्षती पुगेको प्रहरीले जनाएको छ ।

संयोगबस दुबै सवारी दुर्घटनाको प्रत्यक्षदर्शी बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापा बन्न पुगेका थिए । प्रजिअ थापाकै पहलमा घाईतेहरुको तत्काल उपचारका लागि अस्पताल पठाउने काम भएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार दैवसंयोग कुनै मानवीय क्षती हुन पाएन ।

तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *