ईस्माबाट तम्घास आउदै गरेको जिप पल्टीदा ५ घाईते

प्रेम सुनार, गुल्मी, २०७४ असोज २१ । गुल्मीको ईस्माबाट सदरमुकाम तम्घास तर्फ आउँदै गरेको जिप केहि वेर अघि रैदीको सडकमा पल्टीदा ५ जना घाईते भएका छन् । ईस्मा मैदानबाट तम्घास तर्फ आउँदै गरेको लु १ ज ११६६ नम्वरको जिप रेसुङ्गा नगरपालिका वडा नम्वर ४ को रैदीमा स्टेरिङ्ग फेल भएर सडक मै पल्टीदा ५ जना घाईते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवत्ता गंगाबहादुर थापाका अनुसार घाईते ५ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भई रहेको छ भने उनिहरुको अवस्था समान्य रहेको छ । स्टेरिङ्ग फेल भएर जिप सडकमा पल्टीएको प्रवक्ता थापाले जानकारी दिए । घाईतेको अवस्था समान्य रहेकोले नाम विवरण खुलाउन आवस्यक नरहेको प्रहरीको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *