मुक्तक : तिमी अझै सोह्र बर्षे तरुनी भइदिएको भए

चौतारीमा बर, पिपल, समी थिएन,
तर हाम्रो मायामा कमी थिएन,
खै कहाँ बाट कसरी सम्बन्ध जोडियो,
जहाँ हामिलाई जुटाउने कोही लमी थिएन ।

***

तिमी सँग भेट हुँदा खुलेर हाँसेको थिएँ,
काँडै काँडाको बिच पनि फुलेर हाँसेको थिएँ,
प्रेमको अभाबमा तिम्रो समिप हुँदा खेरि,
आफ्ना सबै दुःख व्यथा भुलेर हाँसेको थिएँ ।

***

जिन्दगानी सोचे जस्तो हुनी भइदिएको भए,
जोडिएको सम्बन्ध जुनी-जुनी भइदिएको भए,
मरो पनि बैंश त्यसै ढल्के जस्तो लाग्ने थिएन,
तिमी अझै सोह्र बर्षे तरुनी भइदिएको भए,

राजेन्द्र ढकाल
बागलुङ ।
२०७४ असोज २१

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *