गुल्मीबाट एक मात्र पत्रकार भट्टराई काँग्रेसबाट प्रदेशसभामा सिफारिस

प्रेम सुनार, गुल्मी २०७४ असोज २१ । गुल्मीको निर्वाचन क्षेत्र १ अन्तर्गत प्रदेश एकका लागि प्रदेश सभा सदस्यमा गुल्मीका एक मात्र पत्रकार सिफारिस भए पछि चर्चाको शिखरमा छन् । पत्रकारिता संगै लामो सयम देखि नेपाली कांग्रेसको राजनीतिमा समेत खट्दै आएका युवा नेता तथा पत्रकार जगदीश भट्टराईको नाम चर्चामा रहेका छन् ।

नेपाली का्रग्रेसको महाधिवेशन प्रतिनिधी समेत रहेका पत्रकार भट्टराई यस जिल्लाका सवै राजनैतिक दलहरु मध्ये क्रियाशील पत्रकारहरुमा कांग्रेसबाट प्रदेश सभासद उमेदवारमा सिफारिस हुने एक मात्र पत्रकार बनेका छन् । ४८ बर्षका युवा भट्टराई समाज रुपान्तरणका लागि सधै आफ्नो दायित्व सम्झीदै राजनीति र सामाजिक क्षेत्रमा परिचित नाम भएका कारण उनी प्रदेशसभामा सिफारिसमा परेको पार्टी श्रोतले बताएको छ ।

गुल्मी जिल्लाको र्दुगम गाउँ कालीगण्डकी गाउँ पालिकाको वडा १ हर्मिचौरको लेंंकमा जन्मिएका भट्टराई समाज रुपान्तरणका क्षेत्रमा बिद्यार्थी काल देखि हाल सम्म झण्डै तीन दशक लामो सामाजिक तथा राजनैतिक अभियानमा निरन्तर लागि परेका छन् ।

उनी विगत २६ बर्ष देखि त्यस क्षेत्रमा नेपाली काँग्रेसको संगठन बिस्तारमा निरन्तर लागि रहेका छन् । त्यस भन्दा पहिला उनले प्रवासमा नेपाली बिद्यार्थी राजनीतिका साथै नेपाली पत्रकारितामा समेत निरन्तर लागि परेका कारण पनि त्यस क्षेत्रमा लोकप्रिय युवाका रुपमा चिनिएका हुन ।
गुल्मी र पाल्पामा रहेर राजनीति संगै पत्रकारिता र समालोचना,राजनैतिक बिश्लेषकका रुपमा परिचित भट्टराई आमसंचार र समाजशास्त्रमा स्नाकोत्तर हुन । कालीगण्डकी, सत्यवती र चन्द्रकोट गाउँ पालिकाकामा संगठन बिस्तारका साथै युवा परिचालनमा भट्टराईको महत्वपूर्ण भूमिका भएका कारण पहिलो र दोस्रो संविधानसभामा उनलाई समानुपातिक तर्फ जिल्लाले सिफारिस गरेको थियो ।

नेपालका ठुला दैनिकहरु कान्तिपुर, अन्नपुर्ण पोष्ट लगायत दर्जनौ मिडिया र स्वतन्त्र रेडियोमा काम गरेको अनुभव समेत सम्हालेका भट्टराई यस क्षेत्रकै चर्चित र क्रियाशील संचारकर्मीका रुपमा पनि चिनिन्छन् ।

द्वन्द व्यवस्थापन र बिकासमा समेत दख्खल राखेका भट्टराई प्रजातन्त्र प्राप्तीका लागि भएको ०४६ सालको आन्दोलनमा बिद्यार्थी फाँट र २०६२÷०६३ लोकतन्त्र प्राप्तीको आन्दोलनमा पत्रकारिता तथा पार्टीका आन्दोलनमा सक्रिय सहभागि भए वापत धेरै पटक जेल जीवन समेत भोगी सकेका छन् । उनी निष्ठाको राजनीतिलाई पहिलो प्राथमिकता ठान्ने बताउँदै भन्छन् –‘आफुलाई काग्रेसजनले मात्र नभई एक नम्वर प्रदेशका अन्य दलमा आस्था राख्ने जनसमुदायले समेत मत दिएर अध्याधिक मतले विजयी गराउनु हुनेछ भन्ने कुरामा बिश्वस्त छु । ’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *