ताराखोलामा एफएम रेडियो सन्चालन गर्न समिति गठन

शान्त खत्री ‘मौसम’ गल्कोट २०७४ असोज २१ । ताराखोला गाउपालिकामा सामुदायिक रेडियो एफएम सन्चालन गर्ने सम्वन्धी बैठक शुक्रवार सम्पन्न भएको छ। सो बैठकले सामुदायिक रेडियोको लागि २१ सदस्यीय मुल समिति र ९ सदस्यीय सल्लाहकार समिति गठन गरेका छ ।

समितिको अध्यक्षमा रबिन घर्ती उपाध्यक्षमा कृष्ण कडेल कोषाध्यक्षमा सुन्कली रोका घर्ती सचिवमा डम्मर बहादुर थापा र सहसचिवमा हेमन्त बि क रहेका छन् । बैठक ताराखोला गाउँ पालिकाका अध्यक्ष प्रकाश घर्तीको अध्यक्षता र जित बहादुर खत्रीको सन्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *