गल्कोट सास्कृतिक महोत्सबमा लोक गायकहरुव्दारा धमाकेदार प्रस्तुती

गल्कोट २०७४ असोज २० । हिमालयन म्युजिक ईन्भेन्ट म्यानेजमेन्ट प्रालि पोखराले “समग्र बिकासका लागी नयाँ कल्पना” मुल नारा सहित गल्कोटमा सन्चालन गरेको प्रथम गल्कोट सास्कृतिक महोत्सव २०७४ साँच्ची कै साँस्कृतिक महोत्सवमा परिणत भएको छ ।

महोत्सवको शुक्रवार तेस्रो दिन दर्शकहरु लोक कलाकारहरुको प्रस्तुतिबाट मनोरन्जनको मज्जा लिए । आज गल्कोट डान्स च्यायम्पीयनको अडिसन राउण्ड सञ्चालन गरिएको थियो । अडिसन राउण्डमा २० भन्दा बढी कलाकारले प्रस्तुति दिएको आयोजकले जनाएको छ ।

राष्ट्रिय तथा लोक तथा दोहोरी गीत प्रतिष्ठान धौलागीरीका अध्यक्ष राजेन्द्र सापकोटाले धमाकेदार प्रस्तुती दिएका छन् । उनको प्रस्तुतिमा गल्कोटका दर्शक निकै उत्साहका साथ नाचेका थिए । महोत्सबमा बिशेष गरी जबानीमा धक्का, मुग्लीनमा भात खादा, डाँडै भयो अल्को तथा बागलुङमा कालीका लगाएतका गीत प्रस्तुत गरेका थिए ।

गल्कोट नगरपालिका वडा नम्बर ६ हरिचौर मजुवाफाँटमा आयोजना गरिएको महोत्सवमा आज राष्ट्रिय कलाकारहरु राजु गुरुङ श्रीकृष्ण बम मल्ल, तुलसा जिसि, अमर धिताल माया गुरुङ, लक्ष्मी मल्ल, पुर्ण परियार,लगाएतका कलाकारको साँगीतिक प्रस्तुति रहेको थियो । आजै अमर धिताल र माया गुरुङको दोहोरी गीत प्रस्तुतीले दर्शकलाई अझै आर्कशित गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *