राज्यमन्त्री खड्कालाई त्रिवेणी, नवयुवा वचत सहकारी तथा नारी शक्तिव्दारा स्वागत

झरना कँडेल, बुर्तिवाङ २०७४ असोज २० । सहकारी तथा गरीबी निवारण ,राज्यमन्त्री चम्पादेवी खड्काले आर्थिक बिकास रुपान्तरणको सहकर्मी सहकारी भएको बताएकी छन् ।

त्रिबेणी बचत तथा ऋण सहकारी सस्था लिमिटेड ढोरपाटन नगरपालिका १ बुर्तिबाङले आयोजना गरेको स्वागत कार्यक्रममा राज्यमन्त्री खड्काले यस्तो बताएकी हुन् ।

सहकारीले प्रत्येक नागरीकलाई स्वरोजगार बन्न सहयोग गर्नुपर्ने बताउदैँ अब नेपालमा सहकारी ऐन आईसकेकाले त्यसको मुल्य र मान्यतालाई बुझेर त्यसको अधिकार प्रयोग गरेर काम गर्नुपर्ने राज्यमन्त्री खड्काको भनाई थियो ।

त्रिबेणी बचत तथा ऋण सहकारी सस्था लिमिटेडका अध्यक्ष नेत्रलाल उपाध्यायको अध्यक्षता सम्पन्न कार्यक्रममा लेखा संयोजक ढालेन्द्र छन्त्याल , संरक्षक घनश्याम शर्मा चालिसे तथा सञ्चालक समितीका पदाधिकारी तथा शेयेर सदस्यहरुको उपस्थिती रहेको थियो ।

संस्थाका उपाध्यक्ष उत्तम बहादुर महतको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन संस्थाका कोषध्यक्ष हिरालाल खनालले गरेका थिए ।

कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष उपाध्यायले सहकारी तथा गरीबी निवारण ,राज्यमन्त्री जस्तो गरीमामय पदका ब्यक्तीत्वलाई सहकारीमा स्वागत गर्न पाएकोमा खुशि ब्यक्त गर्दै , ऐनमा उल्लेख गरीएको तर सो सहकारीले नगरेको केहि काम भएमा पुरा गर्ने प्रतिबद्धता जनाएका थिए । साथै सोहि अबसरमा संस्थाले राज्यमन्त्री खड्कालाई दोसल्ला ओढाएर मायाँको चिनो प्रदान गरिएको थियो ।

यसैबिच नवयुवा बचत तथा ऋण सहकारी सस्था लिमिटेड बुर्तिबाङ तथा नारी शक्ति बुर्तिबाङले पनि राज्यमन्त्री खडकालाई स्वागत तथा सम्मान गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *