बृहत् वाम एकताको खुशियालीमा हटियामा वाम घटकहरुको चियापान कार्यक्रम !

थम्मन थापा सन्देश, गल्कोट २०७४ असोज २० । गल्कोट नगरपालिकामा बामपन्थी घटकहरुको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । केन्द्रिय तहमा बृहत बाम एकता सॅगै चुनावी तालमेल गर्ने नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी बिच भएको सहमति पछि गल्कोटमा पनि सामुहिक खुसियाली मनाईएको छ ।

चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै बिभिन्न दलका प्रमुखहरुले अब राष्ट्रव्यापी रुपमा सम्पुर्ण कम्युनिष्टहरु एकताबद्ध हुँदै सम्वृद्ध राष्ट्र निर्माणमा लाग्नुपर्ने बताए ।

बाम एकता प्रकृयाले देशलाई अब सम्वृद्धी तर्फ उन्मुख गरेको र कसैको स्वार्थ र सत्ताको लागि यसलाई दुरुपयोग गर्न नहुने समेत वक्ताहरुको भनाई रहेको थियो ।

सो अवसरमा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य रुद्र श्रीस, नेपाल राष्ट्रिय शिक्षक संगठनका गल्कोट नगर संयोजक राम बहादुर खत्री, गल्कोट नगर विकास समितिका अध्यक्ष चन्द्रदत्त रेग्मी, गल्कोट नगरपालिका वडा नं १ का अध्यक्ष नेत्र बुढाथोकी, नयाँ शक्ति पार्टीका केन्द्रिय परिषद सदस्य बम गुरुङ, नेपाल कम्युनिष्ट पार्टीका धौलागिरी र गण्डकी ब्युरो बाबुराम नेपाली, राष्ट्रिय जनमोर्चा गल्कोट नगर अध्यक्ष टंक केसी, नेकपा एमाले स्थानिय विकास तथा संघिय मामिला विभागका केन्द्रिय सदस्य सुनिल शेरचन र नेकपा माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य तथा जिल्ला ईन्चार्ज फमलाल निउरेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिष्ट पार्टी सहित नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नयाँ शक्ति पार्टीका विभिन्न भातृ संगठनका प्रमुख तथा प्रतिनिधि, नगर समितिका प्रमुख तथा प्रतिनिधि लगायतको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रम नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार यम बहादुर श्रीसको अध्यक्षता, नेकपा माओवादी केन्द्र गल्कोट नगरपालिका सचिव खिम साहानीको स्वागत र नेकपा एमाले गल्कोट नगरपालिका संयोजक डम्मर श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *