गुल्मीमा महिलालाई सामुहिक बलात्कार गर्ने पाँच जना युवा प्रहरी नियन्त्रणमा !

प्रेम सुनार गुल्मी २०७४ असोज २० । केहि दिन अघि मानसिक सन्तुलन ठिक नभएकी एक महिलालाई सामुहिक वलात्कार गरेको अभियोगमा गुल्मीका ५ जना युवा प्रहरीव्दारा पक्राउ परेका छन् ।

असोज १५ गते साँझ करिव ७ वजेको समयमा मुसिकोट नगरपालिका वडा नम्वर–१ थामडाँडास्थित कोदोवारीमा अन्दाजी ३५ वर्षिया महिलालाई वलात्कार गरेको अभियोगमा ५ जना युवालाई पक्राउ गरी आज शुक्रबार जिल्ला अदालतमा म्याद थपिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी गंगाबहादुर थापाले जानकारी दिए ।

‘हामीले कतै सुचना पाएर गएका होईनौ, गस्ती गर्ने क्रममा त्यस स्थानमा कुनै न कुनै प्रकारको अपराध भएको पाए पछि तलासी गर्दै जाँदा ति महिला बलात्कारको शिकार भएको पाईए पछि अभियुक्त युवा पाँच जनालाई पक्राउ गरेका हौं , डिएसपी थापाले भने–‘आजै अदालतमा म्याद थप गरी अन्ुसन्धान अगाडी बढाएका छौं । ’

उनका अनुसार बलाात्कार अभियोगमा म्सिकोट नगरपालिका वडा नम्वर–१ ढाँडा निवासी वर्ष १६ का बुद्ध नेपाली , सोही उमेरका रेशम नेपाली , सुरेश नेपाली , वर्ष १८ का हरि खत्री र वर्ष २४ का ध्ुर्व थापालाई प्रहरीले पक्राउ गरेको छ । अभियोगी पाँचै जना प्रहरी हिरासतमा रहेका छन् ।

पहिलो स्थानमा कोदोवारी माडिएको थियो । त्यस भन्दा तल्लो थप माड्रिएको कोदोवारीमा ति महिला बेहोस अवस्थामा थिईन् । प्रहरी श्रोतका अनुसार ति महिला मानसिक सन्तुलन गुमाएकी महिला हुन् ।

त्यस दिन मुसिकोट नगरपालिका १ को थामडाँडास्थित छत्रदेवी कोटमा सराएँ नाच चलेको थियो । साँझ अवेर सम्म सराएँ हेर्न आएका मानिसहरुको ठुलो चहल पहल थियो । घटना स्थल नजिकैका पसलहरुमा मदिरा बेचविखन व्याप्त थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *