झिर्का युवा क्लब मल्मले मनायो पन्ध्रौँ वार्षिकोत्सव एवं पूर्णिमा मेला

थम्मन थापा सन्देश, गल्कोट २०७४ असोज २० । युवा जमात स्वच्छ समाज, विकास, अनुशासन, गतिशिलता खेलकुद कला र संस्कृतिमा युवाहरुको पहिचान भन्ने मुल नाराका साथ झिर्का युवा क्लब गल्कोट नगरपालिका ७ मल्म बागलुङको १५ औं वार्षिकोत्सव तथा दशैं पूर्णिमा मेला विविध कार्यक्रम सहित सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्र बागलुङका संयोजक ज्ञामनाथ गैरेले देश यतिबेला स्थानिय तहमा गईसकेकोले अब राष्ट्रको सम्वृद्विमा युवाहरु लाग्नुपर्ने बताए । कार्यक्रममा गलकोट घुम्टे पर्यटन विकास केन्द्रका उपाध्यक्ष छम काउचा र गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा आयोजित वडा स्तरिय पुरुष भलिबलमा १८ समुहको सहभागिता रहेकोमा जनसिर्जनशील युवा मञ्च हटिया बोहोराफाँट प्रथम र झिर्का युवा क्लब जेवाईसी आयोजक टिम ए द्वितिय भएका छन । कार्यक्रममा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरु श्रीकृष्ण बम मल्ल, ईश्वर सिंह, लक्ष्मी मल्ल, रेशम निर्दोष राम खत्रीले सांगितिक प्रस्तुति मार्फत दर्शकहरुलाई छमछमी नचाएका थिए ।

सो अवसरमा सामुहिक नृत्य समेत प्रस्तुत गरिएको थियो भनें प्रायोजक तथा सहयोगदाताहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम कल्वका अध्यक्ष ज्ञान बहादुर कार्कीको अध्यक्षता, सहसचिव धुव्र काउचाको स्वागत र सञ्चारकर्मी थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *