स्थानिय तहको निर्वाचनले ग्रामिण क्षेत्रमा बिकासको ढोका खुलेको छ – राज्यमन्त्री खड्का

गुमानसिँह भण्डारी, गल्कोट २०७४ असोज १९ । सहकारी तथा गरिवी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले संगम युवा क्लब गल्कोट ठुलाथरले आयोजना गरेको २० औ बार्षिक उत्सव तथा दशैँ पुर्णिमा मेलाको उद्घाटन गर्दै लामो समय पछि भएको स्थानिय तहको निर्वाचनले गर्दा ग्रामिण क्षेत्रमा बिकासको ढोका खुलेको बताईन् ।

मन्त्री खड्काले गल्कोट क्षेत्रबाट ठुलो मात्रामा युवा शक्ति बिदेशिने गरेको भन्दै बिदेशिने युवा शक्तिलाई नवनिर्वाचित जनप्रतिनिधिहरुले रोजगारीको ब्यवस्था गरि परिचालन गनुपर्ने सुझाव दिईन् । अबको प्रदेश र केन्द्रको चुनाव सम्पन्न भएलगतै संबिधान कार्यान्वयनमा सहयोग पुग्ने उनले बताईन् ।

मन्त्री खड्काले ३६ बर्षपछि सहकारी बिधेयक पारित भएको भन्दै ग्रामिण क्षेत्रमा रहेका थोरै पुँजीलाई सहकारी मार्फत अधिकतम प्रयोग गरि स्थानियको जीवन उकास्न महत्वपुर्ण भुमिका खेल्ने बताईन् । सहकारीको क्षेत्रलाई बजार केन्द्रित मात्र नभई ग्रामिण क्षेत्रमा बिस्तार गनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा नगर प्रमुख भरत शर्मा गैरेले गल्कोट नगरपालिकालाई प्रयटकीय नगरको रुपमा बिकास गर्ने प्रतिवद्धता व्यक्त गर्दै हरेक क्षेत्रको बिकासको लागी आफु सधै जनता संग हातेमालो गरेर अगाडि बढ्ने बताए । नगरपालिकामा काम गर्न चुनौति रहेको बताउदै गैरेले आफनो कार्यकालमा नमुना नगर बनाउने बताए । कार्यक्रममा बोल्दै ताराखोला गाँउपालिकाका प्रमुख प्रकाश घर्ती मगरले समृद्ध गल्कोट निर्माण गर्न श्रोतको मापन गरेर बिकासको कार्यलाई प्राथमिकीकरण गर्ने बताए । साझा गल्कोट बनाएर बिकास गर्न म पुर्ण प्रतिबद्ध छु घर्तीले भने हरेक समस्यामा हामीले हातेमालो गरी समृद्ध गलकोट निमार्णमा जुटौ । उनले गल्कोटको एकिकृत रुपमा बिकास गर्नु आजको आवश्यकता रहेको औँल्याए ।

सो अवसरमा समाजसेवी यम बहादुर श्रीसले कार्यक्रमको औचित्य र गल्कोट नगरपालिकाभित्र आवश्यक पुर्वाधार निर्माण लगायतका बिषयमा मन्त्री खड्का समक्ष माग पत्र प्रस्तुत गरेका थिए ।

दशैँ पुर्णिमा मेलाको अवसरमा आयोजना गरिएको खुल्ला साबिक वडा स्तरिय पुरुष भलिबल प्रतियोगितामा संगम युवा क्लब हरिचौर ठुलाथर प्रथम र देउराली युवा क्लब ताराखोला घुस्मेली व्दितिय भएका छन ।

त्यस्तै खुल्ला एकल नृत्य प्रतियोगिता, पुरुष तथा महिला रस्साक्सी प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रम क्लबका अध्यक्षता राजु पुनको अध्यक्षता, सदस्य मिलन न्युरेको स्वागत मन्तब्य र रुद्र श्रीसको सञ्चालनमा सम्पन्न भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *