चौरासी पुजाका अवसरमा पं. नुतन प्रकाश गौतमलाई सिवाईसीद्धारा सम्मान

सुमन जि.सी, बागलुङ २०७४ असोज १९ । जिल्ला स्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले आफ्ना शेयर सदस्य बागलुङ जिल्ला बा.न.पा.–८ सिगाना बास्वोट निवासी पं. नुतनप्रकाश गौतमको बिहीवार सम्पन्न सहस्र चन्द्र दर्शन (चौरासी पुजा) का अवसरमा संस्थाको तर्फवाट सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले सहकारीका ७ सिद्धान्त अन्तर्गतको समुदायप्रतीको चाँसो अर्थात सामाजिक दायित्वलाई आत्मसाथ गर्दै संस्थामा संलग्न जेष्ठ नागरिकहरुको सम्मान स्वरुप चौरासी पुजा सुविधा उपलब्ध गराउदै आईरहेको छ । यो सुविधा अन्तर्गत आर्थिक अवस्था कमजोर भएका उमेर पुरा भएका शेयर सदस्यलाई चौरासी पुजाका लागि १० हजार आर्थिक सहयोग, सम्मान–पत्र र दोसल्ला उपलब्ध गराई चौरासी पुजा सम्पन्न गर्ने र चौरासी पुजा आफै गर्न सक्ने हैसीयत भएका शेयर सदस्यहरुका लागि सम्मान–पत्र र दोसल्लाले घरमै पुगेर सम्मान गर्ने परिपाटी रहेको छ ।

यही क्रममा वि.स. १९९२ माघ ०७ गते जन्मिएका शेयर सदस्य गौतमलाई संस्थाको तर्फवाट सामाजिक, शैक्षिक र धार्मिक क्षेत्रमा पु¥याएको प्रशंसनीय योगदानको उच्च कदर र भावी जीवन सुख, समृद्धि र चिरायु बन्न सकोस भन्ने सदिक्षा तथा शुभकामना व्यक्त गर्दैै संस्थाको तर्फवाट सिवाईसी नेपालका उपाध्यक्ष लक्षमण खड्काले खादा र अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सम्मानपत्रबाट गौतमलाई सम्मान गरेका थिए ।

विभिन्न सामाजिक संघ संस्था, वित्तीय संस्था, परोपकारी संस्था, शैक्षिक संस्था लगाएतका संघ संस्थाहरुमा संलग्न भई धैरै समाजपयोगि कार्य गर्नुभएका गौतमको सम्मान कार्यक्रमको सञ्चालन सिवाईसी नेपालका सह–सचिव गण्डकी थापा अधिकारीले गरेकी थिईन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *