यी हुन म्याग्दी काँग्रेसले सिफारिस गरेका उम्मेदवारहरु

म्याग्दी २०७४ असोज १९ । नेपाली काँग्रेस म्याग्दीले प्रतिनिधी सभा र प्रदेश सभाका लागी पार्टी सभापति खम्बिर गर्बुजा र अमृतमान शेरचनलाई सिफारिस गरेको छ । समानुपातिक तर्फ क्या मीनबहादुर कार्की, बिमला गौचन र त्रिलोचन विकको नाम सिफारिस गरिएको श्रोतले बतायो । क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फको उम्मेदवारमा क्याप्टेन अमलाल फगामीको मात्र नाम सिफारिस गरिएको छ ।

यसैगरी, प्रदेशसभामा निर्वाचन क्षेत्र नम्बर १ बाट रेशम बहादुर बानियाँ, नेत्र बहादुर महत र केबी भण्डारीलाई सिफारिस गरिएको छ । समानुपातिक तर्फ तम बहादुर थापा, दिल बहादुर केसी, दीर्घ बहादुर सुनार, कमरा कामी पटेल, उदिम बहादुर पुनको नाम केन्द्रमा पठाइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *