माईत आउदै गरेकी ७२ वर्षिया बृद्धाको ढोनपा पाखुतेमा बसले किच्दा मृत्यु

छबिलाल पाण्डे बुर्तिवाङ २०७४ असोज १९ । मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको ढोरपाटन नगरपालिका वडा नँ २ पाखुतेमा बसले किच्दा एक बृद्धाको ज्यान गएको छ ।

बिहिबार बिहान सवा १० बजे निसीखोला गाँउपालिकाको वडा नँ ६ निसी देखि ढोरपाटन नगरपालिका वडा नँ २ तारिखेत तर्फ आउँदै गरेको ना ४ ख ९२०९ नम्बरको यात्रुबाहक बसले किच्दा निसीखोला गाउपालिका १ हर्पेकी ७२ बर्षिया मोति कमिनीको मृत्यु भएको हो ।

घरदेखि तारिखेत माईत आउँदै गरेकी कमिनी सडक छेउमा बसीराखेको अबस्थामा तिब्र गतिमा आईरहेको बसको टायर फुत्एिपछि बस अनियन्त्रित भई मृतकको दाँया फिला, हिपको ज्वाईनममा किच्दा गम्भिर चोट लागेको र उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गर्दा बाटोमै ज्यान गएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निजलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *