प्रतिनिधि/प्रदेशसभा निर्वाचन: पर्वतबाट काँग्रेस र माओवादी केन्द्रले को-कसलाई ग-यो सिफारिस ?

महेन्द्र केसी, पर्वत २०७४ असोज १९ । नेपाली काँग्रेस पर्वतले मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको लागि ६७ जनाको नामवली सिफारिस गरी केन्द्रमा पठाएको छ । केन्द्रको परिपत्रअनुसार तीन÷तीन जनाको नाम छनौट गर्न नसकेपछि उम्मेदवारको दाबी प्रस्तुत गरेका सबै नाम केन्द्रमा पठाएको हो ।

केन्द्रले तोकेअनुसार नाम पठाउँदा प्रतिनिधिसभा र प्रदेशसभा गरी १८ जनाको नाम सिफारिस हुनुपर्ने थियो । प्रस्तुत गरेका ६७ जनाको नाम क्षेत्रीय समितिले जिल्ला समितिमा पठाएको थियो । पर्वतका दुई वटै क्षेत्रीय समितिले तीन÷तीन जनाको नाम छनौट गर्न नसकेपछि केन्द्रीय कार्यालयमा पठाइएको नेपाली काँग्रेस पर्वतका सचिव युक्त श्रेष्ठले बताए ।

टिकटको लागि प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य एवम् सांसद अर्जुनप्रसाद जोशी, पूर्वसांसद ऋषिकेश तिवारी, पार्टी सचिव विश्वप्रकाश प्रसाई, महासमिति सदस्य बसन्तबहादुर सिके र नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय उपमहासचिव ललितकला गुरुङले दरखास्त दिएका छन् ।
यसैगरी प्रदेशतर्फ पर्वत (क) मा केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, नेताहरू युवराज जोशी, विद्धान गुरुङ, भवानीशंकर पौडेल, कृष्णबहादुर खत्री क्षेत्री, राम शर्मा पौडेल, विप्लवजंग हमाल, दुर्गाबहादुर खत्री क्षेत्री र चन्द्रकान्त पौडेलले दरखास्त दिएका छन् ।

प्रदेशसभा सदस्यमा पर्वत (ख) बाट प्रत्यक्षमा १५ जना नेताले दाबी गरेका छन् । जसमा पाटी सभापति खिमप्रसाद भुसाल समेत रहेका छन् ।

यसैवीच माओवादी केन्द्रले पनि मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको लागि उम्मेदवारको टुंगो लगाएर केन्द्रमा पठाएको छ ।

प्रत्यक्ष तर्फ प्रतिनिधि सभाका लागी नेत्र अधिकारी, प्रतिनिधि सभाका लागी सामानूपातिक तर्फ गुप्त हमाललाई चयन गरेको छ ।

त्यस्तै प्रदेश तर्फ क्षेत्र नं १ बाट प्रत्यक्ष उम्मेदवारमा केशव कुवँर, दिपक आचार्य लाई पार्टीले सिफारिस गरेको छ । क्षेत्र नं २ मा भने गोविन्दराज केसी, लक्ष्मण पुरी, ऋषिराम भुषाल नाम सिफारिस भएको छ । प्रदेश तर्फकै समानुपातिक तर्फ क्षेत्र नं १ र २ मा क्रमश मनरुपा शर्मा , दुर्गा दर्जी र प्रदिप थापाको नाम सिफारिस भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *