तीन वाम एक ठाम भएको खुशियालीमा बागलुङमा चियापान कार्यक्रम

बागलुङ २०७४ असोज १९ । बागलुङ सदरमुकाममा नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी बिच एकता प्रक्रिया शुभारम्भ भएकोमा तीनै पार्टीका कार्यकर्ताले चियापानको अयोजना गरी खुशियाली मनाइएको छ ।

कार्यक्रममा तीनै पार्टीका कार्यकर्ताहरु एक आपसमा बधाई साटासाट गर्दै सामुहिक खिचाएका थिए ।

कार्यक्रममा बोल्दै एमाले जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, माओवादी केन्द्रका सह–इन्चार्ज चन्द्रबहादुर बुढा ‘सागर’, नयाँ शक्ति पार्टीका नगर अध्यक्ष अर्जुन खत्रीले बर्तमान धुव्रिकरण अपरिहार्य भएको भन्दै यसको दीर्घकालीन एकता र व्यवस्थापन महत्वपूर्ण रहेको बताएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *