बुर्तिबाङमा असोजको चौथो साता धौलागिरी अञ्चलस्तरीय प्रतियोतिको आयोजना

सुमन सुनार बुर्तिवाङ २०७४ असोज १९ । बुर्तिबाङ व्याडमिन्टन क्लवको आयोजनामा यही आश्विन २५, २६ र २७ गते धौलागिरी अञ्चल स्तरीय व्याडमिन्टन प्रतियोगीता आयोजना हुने भएको छ ।

व्याडमिन्टन खेलसँग आवद्ध खेलाडीहरुको प्रतिभा पर्दशन तथा खेलको विकासका लागि उक्त खेलको आयोजना गरिएको क्लबले जनाएको छ ।

ब्याडमिन्टन प्रतियोगीता डबल्स खुल्ला, सिंगल्स खुल्ला र बि लेवलको जुनियर हुने आयोजकको भनाई छ । प्रतियोगीता धौलागिरी अञ्चल स्तरीय हुने भएतापनि अन्य छिमेकी जिल्लाका खेलाडीहरुलाई समेत प्रतियोगीतामा समावेश गरिने व्यवस्था रहेको आयोजक समितिले जनाएको छ ।

प्रतियोगीताको खुल्ला मेन्स डबल्स तर्फ प्रथम हुनेले २५ हजार, द्धितिय हुनेले १५ हजार र तृतिय हुनेले १० हजार पुरस्कार रहेको छ । यस्तै मेन्स डबल्स कै वि समुहमा प्रथम हुनेलाई १५ हजार , व्दितिय हुनेलाई ८ हजार र तृतिय हुनेलाई ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । उता मेन्स सिंगल्स तर्फ प्रथम हुनेलाई २० हजार, द्धितिय हुनेलाई १० हजार र तृतिय हुनेलाई ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था मिलाइएको छ ।

प्रतियोगीताको उदघाटन तथा पुरस्कार वितरण कार्यक्रम ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीबाट हुने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *