कृषि : किबी खेती प्रति किसानहरु आकर्षित : पश्चिम बागलुङमा व्यवसायिक खेती गर्न सुरु !

राम सुवेदी, बुर्तिवाङ २०७४ असोज १९ । बागलुङ जिल्लाको पश्चिम क्षेत्रका गाउँहरुमा किवीको व्यवसायिक रुपमा खेती गर्न थालिएको छ । नेपालको पूर्वका विभिन्न जिल्लामा व्यावसायीक रुपमा खेती गरिदै आएको किवी केही वर्ष यता बागलुङका पश्चिमी गाउँहरुमा विस्तार गर्न थालिएको हो ।

पश्चिम बागलुङको निसीखोला गाउँपालिकाको बोहोरागाउँ ढोरपाटन नगरपालिकाको बुर्तिवाङ, पुर्कोट बडीगाड गाउँपालिकाको ग्वालीचौर, लगायतका क्षेत्रमा व्यवसायिक किवी खेती गर्न थालिएको कृषि विकास कार्यालय बागलुङले जनाएको छ ।

ढोरपाटन नगरपालिकाको वडा नं. ३ पुर्कोटमा स्थानीय राजेन्द्र पुनले आफ्नो करिव २० रोपनी डेढ सय किवीका विरुवा लगाएका छन् । अघिल्लो सिजनमा १५÷२० केजी फल दिएको थिया,े पुन भन्छन् अहिले पनि बोटमा फल त धेरै लागेको थियो तर असिनाले विगारी दियो ।

फलहरुको राजा किवी खेतीबाट राम्रो आम्दानी हुने थाहा पाएपछि यत्तिकै बाँझो बसेको जग्गमा उनले किबी खेति सुरु गरेको बताउछन पुन । बजारमा एक केजी किबीको मुख्य ७ सय देखि ८ सयसम्म छ । गाउँ घरका बजारमा ३÷४ सयको मुल्य परेपनि राम्रै फाईदा आउने भएपनि आफूले यस्तो खेति सुरु गरेका राजेन्द्र पुनले नगरपालिकाको अन्य क्षेत्रहरु अधिकारीचौरको नाथुरी, खुँगा लुकुरवन तथा गाउँका अरु ५÷७ जना किसानले किवीको विरुवा किनेर लगाएको जानकारी दिए ।

यस्तै निसीखोला गाउँपालिका वडा नं. ४ का लिला घर्तिले पनि किवी खेतिबाट प्रशस्त फाइदा हुने थाहा पाएपछि आफ्ना बारीमा २६ वटा किवीका बोट लगाएका छन् । घर्तीले ७ रोपनी जग्गामा किवी लगायत कागती, सुन्तला र टिमुरका विरुवा लगाएका छन् । दुई वर्ष अघि बारीमा लगाइएका किवीका विरुवा राम्रोसँग फस्टाएका छन् । तीन वर्षमा फल दिने जानाकारी पाएका घर्तीले अर्को वर्ष फल्ने आसा राखेको बताए । यस खेतीमा लाखौं रुपैयाँ लगानी गरेका घर्तीले एक बोटमा १ क्वीन्टलसम्म फल्ने र ४० वर्षसम्म फल दिन सक्ने सुनेपछि निरन्तर आम्दानी हुने हिसावले यसखालको खेतितर्फ लागनेको उनले बगाए ।

किवीको माग देश विदेशमा बढ्दै जान थाले पछि बागलुङमा पहिलो पटक बडीगाड गाउँपालिकाका अध्यक्ष समेत रहेका मेयरसिँह पाइजाले २०५७ सालमा इलामबाट ल्याएर किवी खेती शुरु गरेका हुन । उनले किवीको विरुवामा २०६३ सालदेखि फल लागेको बताउछन् । पाइजाले ग्वालीचौरमा झण्डै ८ रोपनी जग्गामा एक सय ५० भन्दा बढी बिरुवा लगाएका छन् ।

पूर्वमा राम्रो फल्ने र कमाई हुने भनिए पनि शुरुवातमा हाम्रा गाउँ ठाउँमा राम्रो सम्भावना नदेखिएका कारण व्यवसायीक रुपमा खेती गर्ने प्रचलन नभएको बताउने पाइजाले आफूले १ सय ५० विरुवा लगाउँदा स्थानीयहरु आफ्नो काम देखेर हाँस्ने गरेको स्मरण ईबागलुङलाई सुनाए । आफूले जोखिम मोलेर एक दशक अघि शुरुवात गरे पछि अहिले व्यावसायीक रुपमै धेरै कृषकहरुले खेती गरेर राम्रो आम्दानी समेत गर्न थालेकोमा पाइजा प्रशन्न छन् । अहिले आफू गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएपछि गाउँ गाउँमा यस्ता खेति विस्तार गर्ने कार्यक्रमहरु समेत बनाएको पाइजाले बताए ।

बागलुङ जिल्ला विभिन्न स्थानमा गरि झण्डै २५ हेक्टर क्षेत्रफलमा किवी लगाइएको जिल्ला कृषि विकास कार्यालय बागलुङका कृषि प्रसार अधिकृत विप्लव अधिकारीले बताए । किवीको व्यवसायिक सम्भावना बढ्दै गए पछि कृषि विकास कार्यालय बागलुङमा अनुदानमा अघिल्लो आर्थिक वर्षमा पनि बर्ष २ हजार किवीका बिरुवा बितरण गरिएको अधिकारीको भनाई छ । ढुवानी अनुदानमा प्रति बोट १ सय रुपैँयामा किवीका बिरुवा वितरण गरिएको कार्यालयले जानकारी दिएको छ । पहाडी भू–भागको एक हजार ६ सय ५० मिटरदेखि दुई हजार तिन सय मिटरम्मको उचाईमा किवी खेति राम्रो हुन्छ । किवीको व्यवसायिक खेति गर्ने कृषकहरुलाई अनुदानका साथै प्राविधिक सहयोग गर्दै आएको छ । आगामी बर्षमा किवी खेतीलाई थप विस्तार गर्दै लैजान अनुदान तथा प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने कृषि प्रसार अधिकृत अधिकारीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *