मन्त्री शाहले गल्कोट साँस्कृतिक महोत्सवको उद्घाटन गर्दै भने, ‘सभाहल निर्माणमा पहल गर्छु ‘

गुमानसिँह भण्डारी, गल्कोट, २०७४ असोज १९ । प्रथम गल्कोट साँस्कृतिक महोत्सव २०७४ बुधवार देखी शुभारम्भ भएको छ । हिमालयन म्युजिक ईन्मेन्ट म्यानेजमेन्ट प्रालि पोखराले आयोजना गरेको यस महोत्सवको उद्घाटन शहरी बिकास मन्त्री प्रभु शाहले गरेका हुन् ।

मन्त्री शाह मध्यान्ह १२ बजेतिर पोखराबाट हेलिकप्टरमा हटिया आईपुगेका थिए । मन्त्री शाहको गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे लगायत महोत्सव आयोजक समितिका पदाधिकारी सदस्यहरुले स्वागत गरेका थिए ।

मन्त्री शाहले गल्कोट नगरपालिका कार्यालयको अवलोकन गरेका थिए । नगरपालिकाको अवलोकन क्रममा नगरप्रमुख गैर तथा कार्यकारी अधिकृत प्रदिपचन्द्र सुवेदीले नगरपालिका बारे मन्त्रीलाई जानकारी गराएका थिए । तत्पश्चात महोत्सवका प्रमुख अतिथी मन्त्री शाह महोत्सव आयोजना स्थल मजुवाफाँट पुगेर महोत्सवको उद्घाटन गरेका थिए ।

आफनो उद्घाटन भाषणमा मन्त्री शाहले महोत्सवको सफलताको कामना गर्दै गल्कोट नगरपालिका पर्यटन र जलबिद्युतको महत्वपुर्ण सम्भावना भएको क्षेत्र भएको उल्लेख गरे । उनले यी क्षेत्रमा लगानि गरि यहाँका नागरिकको जीवनस्तर उकास्न समेत आग्रह गरेका थिए ।

मध्यपहाडी लोकमार्ग सँग जोडिएको गल्कोट नगरपालिकाको बिकासका लागी शहरी बिकास मन्त्रालयले योजना बनाएर सम्भाब्यता अध्ययन गर्ने प्रतिबद्धता ब्यक्त गर्दै मन्त्री शाहले गल्कोट नगरपालिकामा सभाहल निर्माणका लागी पहल गर्ने बताए ।

उनले शहरी पुर्वाधारले मात्र स्मार्ट सिटी नबन्ने स्पष्ट पार्दै आर्थिक उत्पादन र आर्थिक स्थितिलाई सवल बनाउने बिभिन्न कार्यक्रम गर्दै ब्यवस्थित शहर निर्माण गर्न सके मात्र टिकाउ स्मार्ट सिटी हुने बताए ।

नगरभित्रका सम्पुर्ण सम्भाब्यतालाई अध्ययन गरि अधिकतम उपयोग गर्दै आर्थिक स्तर उकास्न र भौतिक निर्माणमा जोड दिनुपर्ने उनको भनाई थिया् ।

सो अवसरमा बोल्दै नगरप्रमुख भरत शर्मा गैरेले राज्यको जन्म नै लोककल्याणकारी कार्यहरु मार्फत जनताको हित अभिबृद्धि गर्ने भएको बताउदै जनप्रतिनिधिहरुको दायित्व लोककल्याणकारी कार्य गर्नु रहेको उल्लेख गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै नेकपा माओबादी केन्द्रका सचिवालय सदस्य देबेन्द्र पौड्यालले महोत्सवको सफलताको शुभकामना दिएका थिए । सांसद केशरी घर्तीपनि सो अवसरमा उपस्थिति रहेको थियो ।

महोत्सव स्थलका स्टल टहराहरुमा कपडा, चप्पल, होटेल सहित चार पाँच दुकानहरु मात्र रहेको देखिन्थ्यो भने उद्घाटनका अवसरमा जनसहभागिता आशा गरे अनुरुप देखिएन । बिहीबार देखी महोत्सवका अन्य कार्यक्रमहरु सन्चालन गरिएपछी व्यापक जनसहभागिता हुने आयोजकको विश्वास रहेको छ ।

उद्घाटन कार्यक्रममा राष्ट्रिय कलाकार श्रीकृष्ण बम मल्ल, शिव हमाल, चोलेन्द्र पौडेल, ज्योति लोहनी, ईश्वर सिह लगायतको साँगीतिक प्रस्तुति रहेको थियो ।

कार्यक्रम महोत्सवका स्थानिय संयोजक हर्क पाण्डेको अध्यक्षता, सचिव रामप्रसाद कडेलको स्वागत मन्तब्य, वीर बहादुर चोखाल र घनश्याम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

तस्वीर सौजन्य: प्रदिपचन्द्र सुवेदी/बालकृष्ण सुवेदी, गल्कोट ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *