भैरहवाका टप व्यापारी यादव नेपाली काँग्रेसमा प्रवेश

नवलपरासी, २०७४ असोज १७ । रुपन्देही जिल्लाका टप व्यापारी एवंम् समाजसेवी प्रमोद यादव एकाएक नेपाली काँग्रेसमा प्रबेश गरेका छन् । यादवलाई प्रबेश गराउन प्रधानमन्त्री एवंम् पार्टी सभापति शेर बहादुर देउवा सहित पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल महामन्त्री डा. शशांक कोईराला लगायतका दर्जन बढी नेता एकैपटक सोमबार रुपन्देही आएपछि यसले राष्ट्रिय राजनीतिमा चर्चा पाएको हो ।

रुपन्देहीका युवा व्यवसायी प्रमोद यादव राजनितिक मार्फत जनताको सेवा गर्न नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । नेपाली काँग्रेसका सभापति एवंम् प्रधानमन्त्री देउवाले एक भब्य समारोह बिच व्यापारी एवंम् समाजसेवी यादवलाई नेपाली काँग्रेसमा प्रवेश गराएका हुन् ।

विभिन्न पार्टीले आ आफ्नो पार्टीमा प्रबेश गर्न आग्रह गरिरहेको बेला युवा व्यवसायी यादव एक्कासी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । मधेशी सहित आम बर्गको माग नेपाली काँग्रेसले मात्र पुरा गर्न सक्ने भएकाले आफु यो मुलकको सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेसमा प्रवेश गरेको पत्रकारहरु संग प्रतिकृया दिए ।

नेपाली काँग्रेसको राजनितिमा आन्तरिक रुपमा मात्र सक्रिय यादव अब राष्ट्रिय राजनितिमा आउने पक्का छ । यादव आसन्न प्रतिनिधि सभाको सदस्यमा रुपन्देही जिल्लाबाटै निर्वाचन लडने पक्का पक्की देखिन्छ ।

यस अगाबै नेपाली काँग्रेसको शुभचिन्तक र शुभेच्छुक को रुपमा मात्र रहेका यादव एक्कासी राजनितिक यात्रामा होमिएका हुन् ।

सो क्रममा सभापति एवंम् प्रधानमन्त्री देउवाले आगन्तुक नेता यादवलाई तत्काल पार्टीले थप जिम्मेवारी दिने उद्घोष गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *