गल्कोटका मनबहादुरको हत्यारा पक्राऊ, यस्तो रहेछ हत्याको रहस्य !

बालकृष्ण सुवेदी, गल्कोट २०७४ असोज १७ । दशैँमा ससुराली टीका लगाउन दाङको घोराही पुगेका गल्कोटका एक युवकको दशैंको अघिल्लो दिन भएको हत्या घटनाका अभियुक्त पक्राउ पर्नुका साथै घटनाको कारण समेत सार्वजनिक भएको छ ।

घोराही उपमहानगरपालिका २ सुर्केडाँगीमा असोज १३ गते राति गलकोट नगरपालिका वडा नम्बर ४ पाखापानीका २९ बर्षीय मनबहादुर खत्रीको हत्या उनकै साथी मनोज चौधरीले गरेको खुलेको हो । चौधरी अहिले प्रहरी हिरासतमा छन् । मनोज चौधरीको घरमा दुबै जनाले मादक पदार्थ सेवन गरेको र मदिराले मात्तिएर खत्रीले मनोजकी भाउजूलाई जिस्काएपछि विवाद भई घटना हुन पुगेको दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन् ।

आफ्नो भाउजूलाई जिस्काएपछि मनोजले सुर्केडाँगीको चेपे सोतामा रहेको पुलबाट खसाएर खत्रीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *