हिल घुस्मेलीमा तीन दिने आधारभूत पत्रकारिता तालिम संचालन हुने

बागलुङ २०७४ असोज १७ । प्रेस सेन्टर नेपाल ताराखोला गाउँपालिकाले आगामी असोज २३ देखि २५ सम्म ३ दिने आधारभूत पत्रकारिता तालिम संचालन गर्ने भएको छ । ताराखोला गाउँपालिकाको हिल घुस्मेलीमा मंगलबार सम्पन्न कार्य समितीको बैठकले उक्त निर्णय गरेको हो ।

ग्रामीण क्षेत्रमा सन्चारको पहुँच अभिबृदि गर्ने उद्देश्यले आयोजना गर्न लागेको उक्त तालीममा ताराखोला गाउँपालिका भित्रका सबै वडाबाट १० र १० जना प्रशिक्षार्थी सहभागी गराइने प्रेस सेन्टर ताराखोलाका अध्यक्ष पूर्ण भद्र निउरेले जानकारी दिएका छन ।

सो अबसरमा नेपाल पत्रकार महासघ ४ न प्रदेश सभासद महेन्द्र घर्ती ूसंगमू, प्रेस सेन्टर बागलुङका उपाध्यक्ष कृष्ण कडेल, सचिब खगेन्द्र बिश्वकर्मा लगायतले मन्तव्य राखेका थिए।

बैंठकले तालिम ब्यबस्थापनका लागि विभिन्न वडामा प्रेस सेन्टरका सदस्यलाई जिम्मेवारी बाँड फाँड गरेको छ । जस अन्तरगत वडा न १ मा ललित घर्ती ,२ मा सन बहादुर बि क , ३ मा शान्त खत्री मौसम , ४ मा बिबेक परियार र वडा न ५ मा कमल घर्तीलाई जिम्मावारि प्रदान गरेको छ ।

बैठक प्रेस सेन्टर ताराखोला गाउँपालिकाका अध्यक्ष पूर्णभद्र निउरेको अध्यक्ष र सचिब शान्त खत्री मौसम को संचालन मा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *