गल्कोट चरौँदीमा एउटा बाख्रीले पायो तीन खुट्टे पाठी: अचम्मै छ, हेरौँ भिडियो

घनश्याम गौतम गल्कोट २०७४ असोज १७ । गल्कोट नगरपालिका ६ चरौँदीकी लक्ष्मी मगरले पालेको एउटा बाख्रीले तीन खुट्टे पाठी पाएको छ । आईतबार ब्यायको बाख्रीले एउटा पाठा र अर्को पाठी जन्माएकोमा पाठो सामान्य अवस्थामा रहेपनि पाठी भने तीन खुट्टा भएको जन्मिएपछी हेर्नेहरुको भीड लागेको छ ।

दुबै पाठा, पाठी र माउ बाख्रीको अवस्था सामान्य रहेको छ । तीन खुट्टे पाठीको तल्लो पट्टीको बायाँ खुट्टा छैन । हिँड्डुल गर्दा एक फन्को घुमेर अति कष्टपूर्वक आवाज निकाली हिँडेको देख्दा सबैले अचम्म मानेर हेर्ने गरेका छन् ।

लक्ष्मी मगरले पालेका तीन वटा बाख्रा मध्य आईतबार दुईवटा बाख्रा ब्याएका हुन् । अर्को बाख्रीले जन्माएको दुबै पाठाहरुको अवस्था सामान्य रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *