पूर्व विद्यार्थीहरुव्दारा तमान स्थित सरस्वती आधारभूत विद्यालयमा पुस्तकालय स्थापना

खेमराज अर्याल, बुर्तिबाङ २०७४ असोज १७ । तमानखोला गाँउपालिकाको वडा नम्बर ४ लाम्मेलालामा रहेको सरस्वती आधारभूत विद्यालयमा पुस्तकालय स्थापना गरीएको छ । “मैले नगरे कस्ले गर्ने, अहिले नगरे कहिले गर्ने” भन्ने नाराका साथ सरस्वती पुस्तकालय सहयोग समितिले स्थापना गरेको पूस्तकालय विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

सोही विद्यालयमा अध्ययन गरी हाल काठमाडौमा रहेर अध्ययन गर्ने पुर्व विद्यार्थीहरुले पुस्ताकालय स्थापना सँगै विभिन्न सहयोगदाताहरुबाट सङ्कलन गरिएको आर्थिक तथा भौतिक सामाग्री विद्यालयलाई हस्तान्तरण गरिएको हो । सहयोग समितिले पुस्तकालयका लागी करीब २ हजार पुस्तक दिएको छ । विद्यार्थीले विद्यालय पाठ्यपुस्तकका अतिरिक्त अन्य पुस्तक पनि अध्यन गर्न पाउन भनेर पुस्तकालय स्थापना गरिएको बताइएको छ ।

पुस्ताकलय हस्तान्तरण कार्यक्रमको तमानखोला गाँउपालिकाका अध्यक्ष जोकलाल बुढाले उद्घाटन गर्दै अध्यक्ष बुढाले विद्यालयका पुर्व विद्यार्थीको सक्रियतमा पुस्ताकालय स्थापना गरिएकोमा खुसी व्यक्त गरे । उनले कुनै पनि ठाँउको विकासका लागी सोही ठाँउका जनता सक्रिय हुनुपर्ने बताउदै युवाहरुले आफै सक्रिय भएर पुस्तकालय स्थापना गरेका भन्दै सरहाना समेत गरेका थिए ।

वडा नम्बर ४ का अध्यक्ष उदिम छन्त्यालले गाँउको विद्यालयलाइ नमुना विद्यालय बनाउन सक्रिय भएर लाग्न शिक्षक अभिभावकलाई आग्रह गर्दै त्यसमा आफुले पुर्ण रुपमा समर्थन गर्ने बताए । तमानखोलाका स्रोतव्याक्ति वेद वहादुर वुढाले विद्यालय अंगे्रजी माध्यबाट शिक्षण गर्न उपयुक्त हुने कम्प्युटर र व्यावहारिक शिक्षामा जोड दिइनुपर्ने बताए ।

कार्यक्रममा सरस्वती पुस्तकालय सहयोग समिति अध्यक्ष माधव छन्त्याल समाजसेवी मणिचन्द छन्त्याल दलित सञ्जाल अध्यक्ष कमल शिर्पाली धुरीखोला सामुदायिक वनका अध्यक्ष तुल्सिङ सिर्पाली ठुलोखोला लघुजलविद्युत आयोजना कार्य समिति अध्यक्ष मिन वहादुर शिर्पाली शिक्षक जग वहादुर छन्त्याल लगाएतले मन्तव्य राखेका थिए ।

यसैविच आजै विद्यालयमा स्वर्गीय तुल्सीराम सिर्पाली र हवल्दार टेक वहादुर सिपार्लीको सम्झनामा छोरा तथा भतिजाहरुले विद्यालयमा नगद रु ३५ हजारको अक्षयकोष स्थापना गीरएको छ ।

उक्त रकमबाट आउने व्याजबाट वार्षिक रुपमा विद्यालयमा रहेका उत्कृष्ट एक जना दलित विद्यार्थी एक जना जनजाती विद्यार्थी र केही गरीब र जेहेन्दार विद्यार्थीलाई विद्यालय पोसाक र स्टेस्नरी सामागी्र वितरण गरिने बताइएको छ ।

कार्यक्रममा पुस्ताकालय सहयोग समितिले उत्कृष्ट सिर्जना प्रस्तुत गर्ने विद्यार्थीलाई पूस्तक र प्रमाणपत्र दिएर सम्मान गरेको छ । कार्यक्रम पूस्तकालय सहयोग समिति अध्यक्ष माधव छन्त्यालको अध्यक्षता सहयोग समिति सहसचिव झक कुमारी छन्त्यालको स्वागत मन्तव्य र पत्रकार योगेन्द्र विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *