बुर्तिबाङ राईजिङ युवा क्लवको वार्षिकोत्सव तथा कोजाग्रत पुर्णिमा मेलाको तयारी तीब्र !

उद्घाटनका प्रमुख अतिथी राज्यमन्त्री खड्का, समापनाका प्रमुख अतिथी नगरप्रमुख नेपाली

बुर्तिबाङ २०७४ असोज १७ । बुर्तिबाङ राईजिङ युवा क्लबले प्रत्यक वर्ष क्लबको वार्षिकोत्सवका अवसरमा कोजाग्रत पुर्णिमा मेलाको आयोजना गर्दै आएको छ । यस पटक पनि क्लबले कोजाग्रत पुर्णिमा मेलाको भव्य आयोजना गर्न लागेको छ ।

क्लबले यस वर्षको मेलामा एक दर्जन भन्दा बढी वविध कार्यक्रमहरुको आयोजना गर्ने गरी तयारीलाई तीब्र पारिएको क्लबका अध्यक्ष बिनोद भण्डारीले बताएका छन् ।

गत वर्षहरुमा आयोजना गरिएका कार्यक्रमहरु भन्दा यस वर्षको मेलामा के फरक छ ? भन्ने प्रश्नमा अध्यक्ष भण्डारीले, यस वर्ष कृषि प्रदर्शनी लगायतका केहि नयाँ कार्यक्रमहरु समावेश गरिएको जानकारी दिए ।

यस बर्ष मेलामा पुरुष भलिबल प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु ८५ हजार ५सय ५५, व्दितिय ५६ हजार ६ सय ६६ र तृतिय ३३ हजार ३ सय ३३ राखिएको अध्यक्ष भण्डारीको भनाई थियो ।

मेलामा महिला भलीबल, तारा खेल, दोहोरी गीत, गु्रप डान्स, पञ्चेबाजा, रस्साकस्सी, हाजिरीजवाफ, एकल डान्स, स्लो बाईक रेस, पुरुष , महिला छेलो, कृषि पर्दशनी गरी १३ वटा कार्यक्रम सञ्चालनको तयारी तिब्र भईरहेको अध्यक्ष भण्डारीले जानकारी दिए ।

कार्यक्रम यहि असोज १९ गते कोजाग्रत पुर्णिमाका दिन देखि सुरु हुने छ । मेलाको उद्घाटन प्रमुख अतिथी एवं सहकारी तथा गरिवी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले गर्ने कार्यक्रम रहेको आयोजकले बताएका छन् । क्लबका उपाध्यक्ष बुद्ध सिर्पालीका अनुसार मेलाको समापन कार्यक्रमका ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीको प्रमुख अतिथ्यतामा सम्पन्न हुने छ ।

एक हप्ता सम्म हुने कार्यक्रममा स्थानीय तह चुनाबमा निर्वाचित जनप्रतिनीधिहरुलाई सम्मान राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड साँगीतीक प्रस्तुती समेत रहने उपाध्यक्ष सिर्पालीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *