एमालेले ददीराम शर्मालाई पश्चिम क्षेत्रबाट प्रदेश सभा सदस्यमा उमेदवार बनाउने !

बुर्तिवाङ २०७४ असोज १६ । नेकपा एमाले प्रदेश सभा निर्वाचन क्षेत्रिय समन्वय समितिको बैठकले ददिराम शर्मालाई बागलुङ जिल्लाको पश्चिम क्षेत्रबाट प्रदेशसभाका लागि उमेदवार चयन गरेको छ ।

बैठकले निसीखोला, तमानखोला र ढोरपाटन नगरपालिका रहनेगरि निर्धारण गरिएको प्रदेश सभा निर्वाचन क्षेत्रबाट शर्माको मात्र नाम सिफारिस गरि जिल्लामा पठाउने निर्णय भएको निर्वाचन क्षेत्रिय समितिका उपसंयोजक केशर छन्त्यालले जानाकारी दिए । प्रतिनिधी सभाको उमेदवार भोलि तय गरिने छन्त्यालले बताए ।

एमालेले जिल्लाभर आजै बैठक बसी बागलुङबाट प्रदेश सभाकालागि ४ निर्वाचन क्षेत्रबाट ४ जना र २ संघीय निर्वाचन क्षेत्रबाट समेत उमेदवार पठाउन सम्बीन्धत कमिटिको बैठक आहवान गरे अनुसार यस क्षेत्रबाट यस्तो निर्णय भएको बताइएको छ ।

यस अघि माओवादी केन्द्रमा रहेका शर्मा गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनका बेला एमालेसँग निकट भएकाा थिए । हालैमात्र एमाले जिल्ला कमिटि सदस्यमा मनोनित भएका शर्मालाई प्रदेशसभाका लागि उमेदवार छनौट गरेको गरिएको छ ।

निर्वाचन क्षेत्रिय समन्वय समितिका अध्यक्ष लक्ष्मण पुनको अध्यक्षतामा बसेको बैठकमा निसीखोला गाउँपालिकाका तर्फबाट रुद्र पौडेल, तमानखोला गाउँपालिकाका तर्फबाट बेगबहादुर खत्री र ढोरपाटन नगरपालिकाका तर्फबाट उपसंयोजक केशर छन्त्यालले रिपोटिङ गरेका थिए । अखिल नेपाल किसान संघ स्थाई कमिटि सदस्य मोहनलाल शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा एमालेका विभिन्न कमिटिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *