एक्ली बृद्धालाई घरमा थुनी नाक, कान र घाँटीका गरगहना लुटेर चोर बेपत्ता !

प्रेम सुनार, गुल्मी २०७४ असोज१ ६ । घरमा एक्लै बसेकी छिमेकी जिल्ला अर्घाखाँचीकी एक बृद्धाको हत्या भएको केहि दिन नबित्दै गल्मी जिल्लामा पनि घरमा एक्लै बसेकी अर्की बृद्धालाई अज्ञात व्यक्तिले गर–गहना लुटेर तिन दिन सम्म घरमा थुनेका छन् ।

छत्रकोट गाउँपालिका वडा नम्वर ३ साविकको हर्दिनेटा ७ चोयगाकी अन्दाजी ७५ वर्षिया बृद्धा पुतली टण्डनलाई टीकाको अघिल्लो दिन देखि अज्ञात व्यक्तिले घरमा थुनेका हुन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक अनुरागकुमार व्दिवेदीेका अनुसार ती बृद्धा थुनिएको थाह पाउना साथ उनलाई प्रहरीले थुनामुक्त गरी उपचारका लागि पाल्पा मिशन अस्पतालमाा पठाईएको छ ।

श्रृङ्गा प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले उनलाई घरबाट निकालेर पाल्पा पठाएको र एक जना शंकास्पद व्यक्तिलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय रिडीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी प्रमुख व्दिवेदीले बताए । तिन दिन देखि थुनिएकी बृद्धाको आँखामा रगत जमेकेको छातीमा गम्भीर समस्या देखिएको बताईएको छ ।

उनका नाती कृष्ण टण्डनका अनुसार बृद्धाको कानमा लगाएको करिव डेढ तोलाको सुनको रिङ्ग, नाकको फुली र हातमा लगाएको चाँदीको बाला लुटिएको छ । उनका तिन भाई छोराहरु मध्ये एक भाई २६ वर्ष देखि बेपत्ता रहेका छन् । दुई छोराहरु मध्ये एक जना भारतीय सेनमा रहेका छन भने अर्का दिल्लीमा कार्यरत छन् ।

दुवै भाई घरमा नभए पछि ती बृद्ध एक्लै बस्दै आएकी थिईन । केही दिन अघि अर्घाखाँचीको भगवतीमा पनि छोराहरु देश प्रदेश रहेर घरमा एक्लै बसेकी बृद्धालाई अज्ञात व्यक्तिले लुट्पाट गरी सिलौटोले हानेर हत्या गरेका थिए ।

छोरा बुहारी घरमा नबस्ने बृद्ध बृद्धाहरु घर कुरुवा जस्तै भएर एक्लै बस्ने भए पछि लुटेराहरुको निशाना उनिहरु हुन थालेका छन् । पछिल्लो यो घटनाले बृद्ध बृद्धाहरुले असुरक्षित महसूस गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *