सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बढाउन विशेष पहल गर्ने प्रतिवद्धता

सुमन सुनार, बुर्तिवाङ २०७४ असोज १६ । तमानखोला गाँउपालिकाका अध्यक्ष जोकलाल बुढाले तमानखोलामा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बढाउन विशेष पहल गर्ने बताएका छन् । तमानखोला गाँउपालिका वडा नं. १ स्याउला टोलमा रहेको नव प्रगतिशील युवा क्लवको १० औ बार्षिक उत्सव तथा विजया दशमीको अवसरमा आयोजित विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आईतवार उदघाटन गर्दै यस्तो बताएका हुन् ।

प्रमुख अतिथी समेत रहेका अध्यक्ष बुढाले पछिल्लो समय समुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्कदै गएको र विद्यार्थीहरुको आकर्षण सामुदायिक विद्यालय तर्फ घट्दै गएको भन्दै गाँउपालिका स्तरका समुदायिक विद्यालयहरुका शैक्षिक विकासमा गाँउपालिकाले सक्दो सहयोग गर्ने बताए । यस्तै उद्घाटन कार्यक्रममा तमानखोला गाँउपालिकाका उप–प्रमुख मानसरी शेरचनको उपस्थिती रहेको थियो ।

क्लवले दशौँ बार्षिक उत्सव तथा विजया दशमीको अवसरमा पुरुष तथा महिला भलिवल प्रतियोगिता, खुल्ला ताराखेल प्रतियोगिता, दोहोरीगीत प्रतियोगिता, घैटोफोर प्रतियोगिता र छेलो प्रतियोगिताको आयोजना गरेको जनाएको छ ।

क्लवका अध्यक्ष दवीर रसाईलीको अध्यक्षता रहेको उद्घाटन कार्यक्रममा क्लवका उपाध्यक्ष नर बहादुर रसाईलीको स्वागत मन्तब्य रहेको थियो भने सञ्चालन सचिव कविन्द्र सिउठानी मगरले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *