विजय दशमीको अवसरमा टीका ग्रहण एवं नवागत प्रजिअ थापाको स्वागत

ब्रह्माकुमारी स्मृति, बागलुङ २०७४ असोज १४ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय बागलुङमा विजयदशमीको अवसरमा टीका ग्रहण एवं स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

विजयदशमी पर्वले सबैमा अपसी स्नेह मिलन एवं विश्ववन्धुत्वको भवना विकासका होस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

राजयोगिनी ब्रह्माकुमारी सावित्री दिदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नव आगन्तुक प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाको स्वागत एवं विजय दशमीको टीका ग्रहण कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा प्रजिअ थापाले हाम्रो सभ्यतालाई संरक्षण गर्न सक्यौ र मुल्य–मन्यतालाई आत्मसाथ गयौ भने जीवनमा खुशी प्राप्त हुनसक्ने भन्दै विजया दशमीको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा राजयोगिनी ब्रह्मकुमारी सावित्री दिदीले विजयदशमीको आध्यात्मिक रहस्यमाथि प्रकाश पारेकी थिईन् ।
कार्यक्रमको संचालन ब्रह्माकुमार श्रीकृष्ण शर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *