Menu

यस वर्ष विजया दशमीको टीका लगाउने उत्तम साईत विहान ११ बजेर ५५ मिनेटमा

बागलुङ २०७४ असोज १३ । नेपालीहरुको महान चाड बडा दशैँको टीका लगाउने उत्तम साईत असोज १४ गते शनिवार विहान ११ बजेर ५५ मिनेट रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताएका छन् ।

प्रा. डा. गौतमका अनुसार दशैंको टीकाको दिन शनिवार बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने शुभ साइत छ भने देवी विसर्जन गरिसकेपछि बिहान ११ बजेर ५५ मिनेटको साइतमा टीका लगाउन उत्तम छ । सर्व साधारणका लागि टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीका प्रसादका रुपमा मान्यजनबाट आशीर्वादसहित टीका लगाउनु शुभ हुन्छ ।

विजया दशमीको पावन अवसरमा नेपालीहरुले बाबु, आमा लगायत मान्यजनहरुबाट टीका थाप्ने प्रचलन रहि आएको छ । दुर्गामाताको प्रसादको रुपमा जमरा र टीका लगाउने गरिन्छ । विदेशमा रहेका नेपालीले पनि एक आपसमा जम्मा भई दशैँ मनाउने गर्छन् ।

असोज १९ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैँ पर्व समापन हुन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *