प्रवास : बेलायतमा दशैँको पूर्व सन्ध्यामा मासु पसलमा नेपालीहरुको घुँईचो !

बेलायत २०७४ असोज १३ । नेपालीहरुको महान चाड विजया दशमी अर्थात बडा दशैँको अवसरमा बेलायतमा बसोवास गर्ने नेपालीहरु यतिबेला मासु पसलहरुमा जमघट भएको देखिन्छ ।

दशैँमा मान्यजनबाट टीका (आशीर्वाद) थाप्ने, मीठो खाने, राम्रो लगाउने, ईष्टमित्र, सँगीसाथीहरुसंग भेटघाट गर्ने, खुशियाली साटासाट गर्ने मान्यताका साथ नेपालीहरुले विजय दशमीलाई उत्सवको रुपमा मनाउने गर्छन् ।

विजया दशमीको पूर्व सन्ध्यामा बेलायतको रटल्याण्ड लगायत विभिन्न स्थानका मासु पसलहरुमा मासु किन्न नेपालीहरुको घुइँचो नै लागेको छ ।
रट्ल्याण्डको मिल्टन मासु पसलमा मासु बचिरहेकी हेलेनलाई मासु विक्रीगर्न भ्याई नभ्याई छ । नेपालीहरु आफनो पसलमा मासु किन्न आएकोमा उनी निकै खुशी महसूस गरेको बताउँछिन् ।

दशैँको समयमा खसीको माग बढी हुन्छ, उनी भन्छिन, ‘हामी फार्मबाट प्रशोधित गरी ल्याएको मासु मात्र विक्री गछौँ ।’

बुचर फिलिप्स डेविड भन्छन्, ‘खसीको फार्म अली टाढा रहेकोले गाडीबाट शहरमा मासु ल्याएर विक्री गरिन्छ ।’

सामान्यत बेलायतमा खसीको मासुको मुल्य प्रति केजी ८ पाउण्ड पर्छ भने भेँडाको मासु प्रति केजी ६ पाउण्ड पर्ने नेपालीले बताए ।

आजमात्रै सो मिल्टन मासु पसलबाट एक दर्जन भन्दा बढी प्रशोधित खसी नै खरीद गरी नेपालीहरुले लगेका थिए । बेलायतमा विक्री गरिने खसीको मासुमा छाला, टाउको र भूँडी राखिएको हुँदैन । एउटा प्रशोधित खसीको १२० पाउण्ड लगभग १७ हजार नेपाली रुपया पर्ने एक नेपालीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *