निसी रिभर युवा क्लबव्दारा आयोजित दशै विशेष कार्यक्रम जारी !

कुम्बिर बिश्वकर्मा,२०७४ असोज १३ । निसीखोला गाउँपालिका वडा नम्बर -५ स्थित निसी रिभर युवा क्लबले आयोजना गरेको दशै विशेष कार्यक्रमको विविध खेलकुद एबम सास्कृतिक कार्यकाम आज पनि जारी रहेको क्लबका अध्यक्ष शोम घर्ती मगरले ईबागलुङलाई जानकारी दिए ।

असोज १० गते उद्घाटन भएको कार्यक्रममा आज पुरुष भलिबल प्रतियोगिता भएको छ। जसमा सेमि फाइनल तर्फ धनशराम चोक निसी ,पश्मिमान्चल युवा क्लब झिम्पा र आयोजक प्रबेश गरेका छन। महिला भलिबलमा ६ टीमले नाम दर्ता गरेकोमा आज तिलाचन युवा क्लब भल्कोट र नब शिर्जनशिल युवा क्लब चेलबाङ बिच खेलमा नब सिर्जनशिल युवा क्लब चेलबाङ अघिल्लो चरनमा प्रबेश गरेका छन। क्लबले आयोजना गरेको बाकी प्रतियोगिता दोहोरी गीत प्रतियोगिता ,पुरुष दौड प्रतियोगिता र खुल्ला पुरुष चेस प्रतियोगिता भोलि शनिवार हुने आयोजकले बताएको छ। आजको कार्यक्रम क्लबका सद्स्य हुमन घर्ती मगरले सन्चालन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *