रेडियो गल्कोटव्दारा बडा दशैको अवसरमा शुभकामना ज्ञापन

सरिता खत्री गल्कोट २०७४ असोज १३ । गलकोट सुचना तथा सञ्चार सहकारी सस्था लि द्धारा सञ्चालीत सामुदायिक रेडियो गलकोटले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै बिजया दशमी तथा शुभदीपावली २०७४ को शुभकामना दिएको छ ।

सामुदायिक रेडियो गलकोटका स्टेशन प्रमुख घनश्याम गौतमव्दारा हस्ताक्षर उक्त बिज्ञप्तीमा हिन्दुहरूको माहान पर्व विजया दशमीको पावन अवसरमा हामी हाम्रा सञ्चालक समिति, लेखा समिति, शिक्षा उपसमिति, सञ्चार समिति तथा बिभिन्न उपसमिति सल्लाहकार शेयर सदस्य बचत कर्ता पत्रकार लेखक बिज्ञापनदाता सहयोगी संघ सस्था, कर्मचारी पाठक श्रोता शुभचिन्तक एब देश विदेशमा रहनुहुने बुवा आमा दाजु भाइ तथा दीदी बहिनीहरू सम्पूर्णमा शुख शान्ती समृद्धि एब सुस्बास्थ्य दिर्घायु एब उत्तरोत्तर प्रगतिको कामना सहित विजया दशमीको हार्दिक मगंलमय शुभकामना ब्यक्त गर्दछौ भनिएको छ ।
बिज्ञप्तीमा शुभकामना सहित रेडियोले खानपानमा समेत ख्याल गर्न आग्रह गरेको छ । बिजया दशमीको अबसरमा अस्वस्थकर खानपानका कारण महान पर्बको अबसरमा अस्पताल धाउनुपर्ने अबस्था श्रृजना हुन नदिन सचेत गराएको छ ।

बिज्ञप्तीमा मासुजन्य सेबन गर्दा बिशेष ख्याल गर्न आग्रह गर्दै सकेसम्म कम मासुको प्रयोग गर्न र सागपात फलफुल सेबन गर्न आग्रह गरिएको छ । दशै दशा नबनोस, अनाबश्यक तडक भडक गरेर तथा धेरै धन खर्च गरेर, दशै पर्बको नाममा मादकपदार्थ सेबन गर्न नहुने भन्दै सचेत बनाएको हो । मान्यजनको हातबाट टिका जमरा लगाएर आर्शिबाद लिने महान पर्ब दशैमा आपसमा मिलेर, आफु संग जे छ त्यसैमा सन्तृष्ट भएर दशै मनाउनु उपयुक्त हुने सार्बजनिक सन्देश सहित शुभकामना ज्ञापन गरेको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *