ससुराली गएका गल्कोटका एक युवक घोराहीको तिले खोलाको पुलमा मृत भेटिए

बागलुङ २०७४ असोज १३ । दाङ घोराही ससुराली गएका गल्कोट हटियाका एक युवक घोराही—२ तिलेखोलाको पुल नजिक मृत अवस्थामा भेटिएको समाचार प्राप्त भएको छ । मृतक साबिक हटिया गाविसका मनबहादुर खत्री भएको बताईएको छ ।

ससुराली आएको समयमा उनको कसैले हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घोराहीको रामपुरमा ससुराली भएका खत्रीको बागलुङ जिल्लाको साविकको हटिया गाविस—६ का अन्दाजी ३० बर्षीया मनबहादुर खत्री रहेको र घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय दाङले अनुसन्धान गरिरहेको जनाएको छ ।

मृतक खत्रीको शवको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा पोष्ट मार्टम गरी ससुरा हरि रिजालले दाह सस्कारका लागि लगेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । खत्रीको टाउकोमा गहिरो चोट रहेकोले खत्रीलाई कसैले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रहरी श्रोतका अनुसार मृतक खत्री स्थानीय मनोज चौधरी सँगै बसेर मदिरा सेवन गरेको र सोहि अवसरमा निज चौधरीकी नातेदार महिलासंग उनको गफगाफ हुँदा खत्रीलाई चौधरीले पुल मुनी लगेर टाउकोमा ढुंगाले हानी हत्या गरेको हो । प्रहरीले हत्यारालाई शनिवार सार्वजनिक गर्ने बताएको छ ।

मृतक खत्रीका बारेमा गल्कोट प्रहरीले बुझिरहेको जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *