मालढुंगामा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु

बागलुङ, २०७४ असो १३ । पर्वतको लस्तीबाट बागलुङको बलेवातर्फ ब्लक लिएर जाँदै गरेको ग।१ त ४४७१ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरका सहचालकको बिहीबार मृत्यु भएको छ ।

पर्वतको जलजला गाउँपालिका–७ लस्तीस्थित कालीगण्डकी ब्लक उद्योगमा काम गर्ने हुम्लाका राजु परियारको चप्पल खसेपछि चप्पल लिन झर्ने क्रममा सहचालक आफै खस्न जाँदा घाइते भएकोमा उपचारको लागि धौलागिरी अञ्चल अस्पताल बागलुङतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *