Menu

बडीगाड भिङगिठेको खड्गकोटमा बलि सहित श्रद्धासाथ पुजा गरियो (तस्वीर)

बिमल खड्का बागलुङ २०७४ असोज १३ । बडीगाड गाउपालिका वडा नम्बर ७ भिङगिठेमा आज बिहानै देखि बडा दशैको नवौ दिन महानवमीको पुजा आरधाना गरिएको छ । बडा दशैमा मनले चिताएको पुरा हुने बिश्वासका साथ खड्गकोटमा जिल्लाका विभिन्न ठाउ तथा आसपासका गाउपालिकाबट उल्लेखनीय रुपमा श्रद्धालुलुहरुको घुईचो लागेको थियो ।

आज बिहान करिब ८ बजेबाट सुरु भएको पुजा दिउसो १२ बजे सम्म चलेको थियो । अघिल्लो बर्ष मोटरबाटको त्यति सुविधा नभएकाले श्रद्धालुहरुलाई कोटसम्म आउन निकै समास्या रहेपनि यस वर्ष मोटरबाटो बेलैमा सुचारु हुदा पुजा लागि बलि लिएर आउनेहरु ट्याक्टरमा आएका थिए ।
भिङगिठे स्थित खड्गकोट देवीको मन्दिर यस भेगकै आस्थाको केन्द्र रहि आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *