Menu

नवरात्रिको अन्तिम दिन महानवमीमा श्रद्धालुहरुव्दारा कालिका देवी प्रति अपार भक्ति प्रदर्शन

बागलुङ २०७४ असोज १३ । आज नवरात्रको अन्तिम दिन अर्थात महानवमी तिथि, देवी दुर्गा माताको श्रद्धापूर्वक पूजा अर्चना गरी नवरात्रिको समापन गरिन्छ । श्रद्धालु भक्तहरुले दुर्गा भवानी प्रति अपार भक्तिको प्रदर्शन गरी पूजन गर्ने दिन हो महानवमी । आज देशभरका देवी दुर्गा माताका मन्दिरहरुमा श्रद्धालुहरुको भीडको सिलसिला दिनभर रहिरहन्छ ।

बागलुङकी प्रशिद्ध शक्तिपीठ कालिका देवीको मन्दिरमा महानवमीका दिन कालिका भगवतीको पूजा अर्चनाका लागि विहानै देखी श्रद्धालुहरुको ताँती लागेको छ । श्रद्धालुहरु आआफना घरहरुमा उमारिएका जमरा कालिका देवीलाई चढाई रहेछन् । भक्तहरु आ आफनै मनोकांक्षा पूर्तिका लागि कालिका देवीको श्रद्धापूर्वक पूजा अर्चना गरिरहेका छन् । बागलुङ जिल्ला र आसपासका जिल्लाहरुबाट श्रद्धालुहरु दुर्गामाताको दर्शनार्थ आउने क्रम जारी छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *