महाष्टमीका दिन लघु जलविद्युत र पानी मिलमा पूजाअर्चना

शान्त खत्री मौसम गल्कोट २०७४ असोज १२ । नवरात्रको आज महाअष्टमी तिथिका दिन ताराखोला गाउपालिका ३ हिल बराखोलाको लघु जलबिद्युत र पानी मिललाई दुर्गा माताको पूजा आराधना गरिएको छ ।

यस जलविद्युत र पानी मिल स्थापना काल २०६३ साल देखि अत्यन्तै राम्रो सन्चालन भैरहेको स्थानीयको भनाई छ ।

कार्यक्रममा गौरी कडेल ,पुर्णलाल ढकाल , शिबलाल बगालेले मन्तव्य राखेका थिए । उनिहरुले जनताले धेरै मेहनत गरेकोले यहाँको बिधुत र मिल राम्रो चलेको बताए ।

कार्यक्रम बराहखोला लघु जलविद्युत का अध्यक्ष खड्कबहादुर नाउसाको अध्यक्षता मनिलाल बगालेको स्वागत मन्तव्य र सचिब लिलाधर कडेलको सन्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *