५० वर्षमा नभएको विकास पाँच वर्षमा गरेर देखाउँछु : वडाध्यक्ष शाही

कुम्बिर बिश्वकर्मा २०७४ असोज १२ । निसीखोला गाउपालिका वडा (३ बोहरागाउका वडा अध्यक्ष जुन बिक्रम शाहीले सबैको साथ लिएर समग्र वडा नम्बर -३ बोहरागाउको बिकास गर्ने बताएका छन् । उनले बदलाको राजनीति नगर्ने प्रतिवद्धता पनि जनाए ।

राष्ट्रिय जनमोर्चाबाट निसीखोला गाउँपालिका वडा नम्बर (३को वडा अध्यक्षमा निर्वाचित शाहीलृपत्रकारहरुसँग कुरा गर्दै नेताहरुले बोहरागाउको विकास नगरेकाले बाध्य भएर आफू राजनीतिमा आउनु परेको बताए । उनले भने, ‘बिगतमा जितेर गएकाहरुले विकास नगरेकाले हामी कृषक बाध्य भएर राजनीतिमा आएका हौं । ५० वर्षमा नभएको विकास पाँच वर्षमा गरेर देखाउँछु ।’

उनी युवा अवस्थामै राजनीतिमा आएर बोहरागाउको विकासमा अघि बढी रहेका छन। उनी बोहरागाउलाइ नमुना गाउँ बनाउन अहोरात्र खटिरहेको उनले बताए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *