महाअष्टमीको शुभअवसरमा जैदी थन्थाप भगवती माईस्थानमा देवीको मुर्ती स्थापना

विजय राना, बागलुङ २०७४ असोज १२ । विजया दशमीको अवसर पारि बागलुङको दक्षिण जैमिनी नगर पालिका वडा न. ७ जैदीमा रहेको भगवती थन्थाप माइकोस्थान मन्दिरमा देवीको मुर्ती स्थापित गरिएको छ ।

संरक्षणको अभावमा जीर्ण बन्दै गएको मन्दिरलाई जैमिनी नगर पालिका वडा न. १० राङखानी माझगाउँका ओमबहादुर श्रीष र हेमा श्रीषले सहयोग गरेको मुर्ती महाअष्ठमीका दिन स्थापित गरिएको हो ।

केहि वर्ष पहिले सम्म श्रद्धालुहरुको आस्थाको केन्द्र रहेको थन्थाप भगवतीको जीर्ण हुँदै गएको मन्दिर ।

६५ हजार रुपैयाँ बराबरको लागतमा देवीको मुर्ती निर्माण गरिएको थियो । पितलबाट बनेको देवीको मुर्ती महाअष्ठमिका दिन पारेर आजनै मन्दिरमा स्थापित गरिएको हो ।

श्रीष परिवारले मुर्ति माइकोस्थान भगवती मन्दिर संरक्षण समितिका अध्यक्ष भद्रबहादुर थापा र मन्दिरका पुजारी उमानन्द उपाध्यलाई हस्तान्तरण गरेका थिए ।

श्रीष परिवारले मुर्ती सँगै ५ हजार रुपैयाँ समेत मन्दिरलाई सहयोग गरेको छ ।

माओवादीले जनयुद्धकालमा थन्पाप भगवती माईको जायजेथा कब्जामा लिएपछी मन्दिरमा पूजाअर्चनाका लागि श्रद्धालुहरु आउने क्रम निकै कम भएको थियो ।
केही वर्ष अघि सम्म मन्दिरमा पूजा गरे मनोकाक्षा पूरा हुने भन्दै देशका चितवन, नारायणगढ, पोखरा, काठमाण्डौ लगायतका विभिन्न ठाउँबाट पूजा गर्न आउनेहरुको घुइँचा हुने गरे पछि पछिल्लो समयमा भने मन्दिर सुनसान बन्दै गइरहेको छ ।

मन्दिरको नाममा रहेको गुठीको जग्गा समेत केहि व्यक्तिहरुले आफनो नाममा गरिए पछि मन्दिर संरक्षणको लागि श्रोतको अभाव हुँदा जीर्ण बन्दै गइरहेको स्थानीयको भनाई छ ।

थन्पाप माईको प्रशिद्धीका कारण केहि वर्ष पहिले सम्म जिल्लाबाड मात्र नभएर गुल्मी, पर्वत, कास्की, म्याग्दी, स्याँग्जा जिल्लाहरुबाट समेत श्रद्धालुहरु पूजा अर्चनाका लागि आउने गर्थे । तर पछिल्लो समय मन्दिरको मर्मत सम्हार नगरिएछी ओझेलमा परेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *