अम्बी बोटेले चन्द्र भण्डारीलाई भनिन्- ‘बल्ल दशै भित्राई दिनु भयो, तपाईको जयहोस !’

प्रेम सुनार, गुल्मी २०७४ असोज १२ । ‘मर्दा छातीमा राख्ने पैसो त छैन, अझ झन दशै खर्चको कुरा गर्नु हुन्छ’ गुल्मी वलिथुमको वोटेगाउँका ७२ वर्षिय मनबहादुर बोटे माझीले भन्दै थिए चन्द्र भण्डारीले दशै खर्च ल्याईदिदै छन् भन्ने सुनेर विहानै देखि आँखा उतै लगाएर चौतारीमा कुरेर बसेको छु ।

गत तिन वर्ष देखि त्यहाँका बोटे माझी समुदायका छोरा छोरीहरुलाई कपी कलम , डे«स र खाजा आफ्नो तलव भत्ताबाट उपलव्ध गराउँदै आएका गुल्मी क्षेत्र नम्वर २ का सांसद चन्द्र भण्डारीले पोहरा साल देखि त्यस गाउँका सम्पुर्ण बोटे माझी समुदाय संग वसेर दशैं मनाउँदै आएका छन् ।

यस वर्ष पनि उनै समुदाय संग बसेर दशै मनाउँने घोषणा गरेका सांसद भण्डारी आज उनिहरुलाई दशै खर्च उपलवध गराउँदै छन भन्ने जानकारी पाउन साथ हामी त्यहाँ उनि नपुग्दै पुगेका थियौं । हामी पुग्दा मानिसहरु सधै जम्मा हुने चौतारीमा जम्मा हुने क्रम सुरु भई रहेको थियो ।

७२ वर्षिय सन्तान विहिन मनबहादुर माझी वर्षियको घरमा श्रीमती मात्रै रहेकी छिन् । निमेक मजुरी गरेर खान नसक्ने अवस्थामा पुगेका उनले मुस्किलले माछा मारेर विहान वेलुकाको गुजार चलाउँदै आएका छन् ।

तिन महिना पनि खान नपुग्ने जमिन भएका उनको जस्तै अवस्था त्यहाँका ६५ घर वोटेमाझी र ६० घर कुमाल समुदायको रहेको छ । उनिहरुको दयानीय आर्थिक अवस्थालाई ध्यानमा राखी नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका भण्डारीले यस वर्षको दशैका लागि पनि आज अष्टमीको दिन ५० हजार नगद र जिन्सी सहित लगेर त्यहाँ पुगेका थिए ।

गाडीमा राखेर लगेको उक्त जिन्सी चौरमा खसाल्दै गर्दा उनिहरुको अनुहार खुशीले गद्गद देखिन्थ्यो । ‘बल्ल दशै भित्राई दिनु भयो तपाईको जयहोस..’ सात वर्ष अघि माछा मार्ने क्रममा खोलाले बगाएर श्रीमानको मृत्यु भएर एकल बनेकी त्यस गाउँकी अम्वी माझी निकै खुशी देखिन्थिन् । त्यस अघि दशै खर्च कसरी जुटाउँदै हुनुन्छ भन्ने प्रश्नमा ‘दशै खर्चको कुरा नगर्नु विहान बेलुकाको छाक टार्न पाए धन्य हुन्थयो भने्र अलि चड्केकी थिईन् ।

उनले भनिन ‘छोरा छैनन् दुई वटी छोरीहरु छन् एउटीको विवाह भयो हामी आमा छोरीलाई काम नगरे खानु छैन् ।

गाउँमा काट्ने मासु उधारो दिए खाने नत्र विना मासु दशै टार्ने सोचेको बेला चन्द्र भण्डारीले मासु खाने पैसा दिने भने पछि खुशी हुँदै कोरीबाटी गरेर चौतारीमा आएकी थिईन् ।

त्यहाँका धेरै परिवारका सदस्यहरुको विचल्ली वारे कुरा गर्न खोज्दा वोल्न चाँहदैनन , कोही डराउँ छन त कोही लजाउँछन् । तर युवा पुस्ता मध्ये कक्षा १२ सम्म पढेका केयसिंह माझी र होमबहादुर माझी भने आफ्ना कुरा निर्धक्क संग राख्न सक्ने भएका छन् । राजनैतिक रुपले समेत प्रशिक्षित उनिहरु त्यस गाउँका अगुवाहरु हुन ।

उनिहरुले गत वर्ष देखि चन्द्र भण्डारीले आफुहरु संगै वसेर दशैं मनाउन लागेको प्रति खुशी व्यक्त गरे । टिकाको दिन सांसद भण्डारीले त्यस सामुदायका बृद्ध बृद्धाहरुको हातबाट टीका ग्रहण गर्ने र आफु भन्दा सानालाई टिका लगाई दिने संगै दशैको खाना खाने गरेका छन र यसपाली पनि त्यसरी नै दशै मनाउने कार्यक्रम रहेको उनले बताए ।

आजै उनले बोटेमाझीका नानी वावुहरुलाई नानाचाचा अर्थात कपडाहरु पनि लगि दिएका छन् । कपी किताव लगायतका जिन्सीहरु पाए पछि उनिहरु मख्ख देखिन्थे । अगुवा युवाहरुलाई उनले माछा मासु र अन्य खानपिन सामग्रीको जोहार गर्न पनि लगाई सकेका छन् ।

वोटे र कुमाल सहित १ सय २५ घरधुरी मध्ये अति विपन्न छानेर सांसद भण्डारीको पहलमा त्यहाँका ५० घरधुरी खरका झुपडीहरुले अव दुई लाख ३४ हजार मुल्य वरावरकोे टिनको छाना सहित चिटिक्कका दुई कोठे नयाँ घर पाउने भएका छन् । ५० घर निमार्णका लागि १ करोड १ लाख ७० हजारमा सोही गाउँपालिकाका युवा निर्मार्ण व्यवासयी जीवन थापाले जिम्मा लिएर अव छिट्टै काम थालनी गर्दै छन् ।

२०६८ सालमा माओवादी नेतृत्वको सरकारले ल्याएको जनता आवास कार्यक्रमलाई त्यस यताको सरकारले पनि निरन्तरता दिएको थियो । यसपालीको सरकारको नेतृत्व सम्हालेको कांग्रेसकोबाट नेता भण्डारीले देशका अन्य जिल्लामा भन्दा गुल्मीमा यति बढि सख्यामा घर पार्न सफल भएका हुन् ।

२०६४ सालको निर्वाचनमा क्षेत्र नम्वर १ बाट विजयी साभासाद सुदर्शन वरालबाट गुल्मीमा अति सीमान्तकृत र घरवार विहिनहरुलाई १५ वटा घर बनाई दिएका थिए । नेताभण्डारीले भने गत आर्थिक वर्षमा सय भन्दा बढि र चालु आर्थिक वर्षमा ३ सय भन्दा बढि घर निर्माण गर्ने र आगमी वर्ष पनि त्यति नै संख्यामा घर पारेर गरिव दलित र अति सिमान्कृत समुदायलाई लाभान्वित बनाउने उद्घोष गरेका छन् ।

उनले वम्घाका वोटेमाझी समुदायका पनि ५८ वटा नयाँ घर बनाई दिने भएका छन् । आजै उनले त्यहाँका बोटे माझीहरुको घरमा पनि दशै भित्राई दिएका छन् । २० हजार नगद र जिन्सी सहित लिएर पुगेको भण्डारीले उनिहरु संगै वसेर दशै विशेष सामुहिक तस्वीर खिचाए र शुभकामना आदन प्रदान समेत गरे ।

जमिनै नहुनेलाई घर?

सांसद भण्डारीले शुभकामना आदन प्रदानका क्रममा अर्को सालको दशै नयाँ र व्यवस्थीत घरमा मनाउन पाउनु हुने छ भन्ने क्रममा गालामा हात लगाएर टुक्रुक्क भँईमा बसेका त्यस गाउँका शेरबहादुर माझीले भने –‘जस्तो घर बनाउने भन्नु भा’छ त्यसलाई पुग्ने मेरो जमिनै छैन त कसरी बनाऔ ? ’

सवैका स–साना सुर्कावारीहरु रहेका छन् । तिनै सुर्कावारीमा राम्ररी खुट्टा पसारेर सुत्न र अलि अग्लो मानिस उभिएर भित्र पस्न नमिल्ले झुपडीमा रहँदै आएका उनिहरुको जमिन सरकारले बनाई दिन लागेको १६ हात लम्वाई र १२ हात चौडाईको घर बनाउन पुग्ने जमिन प्राय कसैको पनि छैन ।

घर निर्माण समिति साविकको वम्घा १ र ५ की अध्यक्ष जिवकला माझीले भनिन– कत्तिको त आफ्नो भन्ने जमिन नै छैन्, सुकुम्वासीमा बसेका छन् । उनले जमिन विहिन आफुहरुलाई सरकारले बनाई दिने घर –‘खेत हुनु कहाँ छ–कहाँ हत्तनपत्त खलेगरो ’ भन्ने उखान शिद्ध भएको गुनासोृ आउने गरेको प्रतिकृया दिईन् ।

अधिंकांसको लालपुर्जावाल जमिन नै छैन् वषऔं अघिका हर्ताकर्ताहरुले सार्वजानिक जंगल नै हड्पेर आफुहरुको नाममा लालपुर्जा बनाएर अहिले अथाह सम्पत्तीको मालिक बनिरहँदा ती वर्षऔं पुराना माझीहरुले भने अहिले सम्म घडेरी पुग्ने जमिनको समेत लालपुर्जा पाउन नसक्नुले २०४६ पछि देश चलाउनेहरुले कस्तो शासन गरे होलान ? भनेर छर्लङ्गै बुझ्न सकिन्छ । सांसद भण्डारीले नै भने अहिले सम्मका नेताहरुले के हेरेर बसे होलान ? अखिर ईच्छा शक्ति भए त गर्न सकिदो रहेछ । विचराहरुको अहिले सम्म जमिन नहुँदा समेत कसैको दृष्टि पुग्न सकेको रहेन छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *