मानवसेवा आश्रमलाई रु २५ हजार सहयोग

बागलुङ २०७४ असोज १२ । मानवसेवा आश्रमलाई धौलागिरी अंचल जीप व्यवसायी समिति तथा त्यस्मा कार्यरत कर्मचारीहरुले नगद रु २५ हजार प्रदान गरेका छन ।

आश्रममा आयोजित बिजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदनप्रादन कार्यक्रममा धौलागिरी अंचल जीप व्यवसायि समितिका अध्यक्ष शशीकपुर श्रेष्ठले सो रकम आश्रमकी जेष्ठ नागरिकलाई हस्तान्तरण गरेका थिए ।

सो अवसरमा आश्रमका अभिभावक संयोजक मनिष रायमाझीले धन्यवाद ज्ञापन गरेका थिए भने आश्रमका अभिभावक सदस्य शिव खड्काले आश्रमको बारेमा जानकारी दिएका थिए । कार्यक्रमको संचालन नवराज केसीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *