राज्यमन्त्री खड्काव्दारा तीन जना पत्रकारलाई कृषि पत्रकारिता पुरस्कार प्रदान

बागलुङ २०७४ असोज १२ । सहकारी तथा गरिवी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले नेपाल कृषि प्रदान देश भएकाले कृषिको प्रवद्र्धनका लागि संचार माध्यमको महत्पुर्ण भुमिका हुने बताएकी छन् ।

राज्यमन्त्री खड्काले नेपाल पत्रकार महासंघ बागलुङले आयोजना गरेको जिल्ला कृषि कार्यालय बागलुङले प्रत्येक बर्ष प्रदान गर्ने कृषि पत्रकारीता पुरस्कार वितरण गर्दै यस्तो बताएकी हुन् ।

राज्यमन्त्री खडकाले कृषिमा आधुनिकरण र यान्त्रिकीकरणको आवश्यकता रहेको उल्लेख गर्दै आयतलाई प्र्रतिस्थापन र निर्यातलाई बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताईन् ।

राज्यमन्त्री खड्काले छापा माध्यम तर्फ नागरिक दैनिकका सम्वाददाता संगम घर्ती, बिद्युतीय संचार माध्यमवाट रेडियो परिवर्तनमा कार्यरत पत्रकार सुमन सुनार र न्यु मिडियाका तर्फवाट गल्कोट अनलाइन डटकमका बालकृष्ण सुवेदीलाइ २०७३ को कृषि पत्रकारिता पुरस्कार प्रदान गरेकी थिईन् । कृषि पत्रकारिता पुरस्कार जनही ५ हजार रुपया नगद, दोसल्ला र सम्मानपत्रद्धारा सम्मान गरिने गरिन्छ ।

कार्यक्रम पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषको अध्यक्षता, उपाध्यक्ष उषा पौडेलको स्वागत र सचिव राम थापाको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *