प्रवास : शिवालय उमाविका सुस्तमनस्थिती एवं दृष्टिविहीन विद्यार्थीका लागि ५ लाख संकलन

लण्डन २०७४ असोज १२ । पर्वत सेवा समाज यूके (Parbat Welfare Society,UK)ले पर्वत जिल्लाको शिवालय उच्च माविमा अध्ययनरत सुस्तमनस्थिती एवं दृष्टिविहीन बिद्यार्थीहरुको सहयोगका लागि लण्डनमा सन्चालित सहयोग संकलन अभियानमा हालसम्म ५ लाख रुपयाँ सहयोग संकलन भएको समाजका अध्यक्ष दधि आचार्यले ईबागलुङलाई बताए ।

समाजको हालै लण्डनको एम्पायर हल अल्डरसटमा भएको बैठकमा सहयोग अभियानलाई सशक्त रुपमा सन्चालन गर्नेबारे छलफल गरिनुका साथै सहयोग संकलन कार्यलाई प्रभावकारी बनाउन समाजका अध्यक्ष आचार्य र निवर्तमान अध्यक्ष नरजंग गुरुङलाई त्यस्को संयोजकको जिम्मेवारी दिने निर्णय गरेको छ।

अध्यक्ष आचार्यले शिवालय उमाविमा अध्ययनरत सुस्तमनस्थिति एवं दृष्टिविहीन विद्यार्थीलाई सुत्ने बेड, कम्प्युटर, फोटो कपी मेसिन र प्रिन्टर समेत आवश्यक परेको माग आएको बताउदै त्यसको लागि पनि समितिले सोचाइ बनाएको जानकारीदिए ।

स्मरणीय छ, शिवालय उमाविमा हाल १९ जना सुस्समनस्थिती एवं दृष्टिविहीन बिद्यार्थीहरु अध्ययनरत छन् ।

यसैबीच, पर्वत वेलफेयर सोसाइटी लगायत अन्य चार वटा समाजहरुको संयुक्त पहलमा डा महावीर पुनसंग आगामी २७ अक्टोबर सांझ ६ देखि १० बजेसम्म एम्पायर हल अल्डरसटमा पुनको राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ रात्रीभोज गर्न लागिएको बताईएको छ ।

बैठकमा आगामी २१ अप्रिल २०१८ का दिन पर्वत वेलफेयर सोसाइटी यूकेको वार्षिक भेटघाट कार्यक्रम तय गरिएको छ । बैठकमा समाजसेवी तथा पत्रकार हुम गुरुङलाई सम्मान गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *