नवलपरासीको अमरौटामा खुल्ला पुरुष भलिबल प्रतियोगीता सुरु

नवलपरासी, २०७४ असोज ११ । नवलपरासीको अमरौटमा मंगलवार देखी खुल्ला पुरुष भलिबल प्रतीयोगीता सुरु भएको छ । दशै तिहार तथा छठ पर्वको अवसरपारी श्री अमर युवा क्लब नवलपरासीले प्रतियोगीताको आयोजना गरेको हो ।

प्रतियोगीताको एक समारोहमा बिच रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले खेलको उद्घाटन गर्दै खेलाडी देशका गहना भएकाले खेलाडीहरुको उचित व्यस्थापनका लागी सरकार लाग्नुपर्ने बताएका थिए ।

प्रतियोगीतामा नवलपरासी र रुपन्देही जिल्लाका गरी ४५ वटा टिम सहभागी छन् । प्रतियोगीतामा प्रथम टिमले नगद २० हजार र व्दितिय टिमले १५ हजार नगद सहित शिल्ड र प्रमाणपत्र पाउने छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *