Menu

बागलुङलाई पर्यटकीय जिल्लाको रुपमा विकास गर्नु आवश्यक

कमल राना, बागलुङ २०७४ असोज ११ । नेपाल पर्यटन पत्रकार संघ बागलुङले ३७ औँ विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरेको विकासको लागि दीगो पर्यटनमा सञ्चार क्षेत्रको भुमिका विषयक अन्तरक्रिया तथा विजया दशमीको शु–भकामना आदान प्रदान कार्यक्रमका वक्तहरुले बागलुङलाई पर्यटकीय जिल्लाको रुपमा विकास गर्नु पर्ने बताएका छन् ।

नेपाल पर्यटन पत्रकार संघ बागलुङले ३७ औँ विश्व पर्यटन पर्यटन क्षेत्र राम्रो आर्थिक श्रोत हुने बताउँदै सहभागीहरुले जिल्लालाई अब रेमिटेन्सको भन्दा पर्यटनको जिल्लाको रुपमा चिनाउनु पर्नेमा जोड दिँदै जिल्लामा थुप्रै पर्यटकीय क्षेत्र रहेको उल्लेख गर्दै वक्ताहरुले पर्यटन क्षेत्र दीगो आर्थिक श्रोत हुने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, नेपाल पर्यटन पत्रकार संघका केन्द्रिय सचिव तारा प्रसाद शर्मा, नेपाल पत्रकार महासंघ बागलुङका सल्लाहकार रामबहादुर जिसी, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, पत्रकार कोपिला कँडेल, नेपाल पर्यटन पत्रकार संघका केन्द्रिय सदस्य बिक्रम सुनार र फोटो पत्रकार संघका मञ्जुल शाक्यले मन्तव्य राखेका थिए ।

नेपाल पर्यटन पत्रकार संघ बागलुङका अध्यक्ष विजय रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मंतव्य उपाध्यक्ष नारायण रिजाल र सञ्चालन सचिव रबिना बोहोराले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *