एक महिनाको अन्तरालमा बुर्तिवाङ बजारबाट दुई जना बेपत्ता !

छबिलाल पाण्डे बुर्तिवाङ २०७४ असोज ११ । गत भदौ महिनाको १० गते शनिवार विहानै निस्केर हिँडेका बडीगाड गाउपालिका साबिक दर्लिङ गाविस घर भै बुर्तिवाङ बजारमा किराना पसल गरी बस्ने ४९ वर्षिय रामबहादुर भण्डारीको अहिले सम्मे केहि अत्तोपत्तो छैन यता फेरी पाँच दिन पहिले बुर्तिवाङ बजारबाटै अर्का एक युवक बेपत्ता भएका छन् ।

ढोरपाटन नगरपालिका ५ मस्ती घर भई केहि बर्षदेखि बुर्तिबाङ बजारमा परिवार सँगै बस्दै आएका २१ बर्षिय सुनिल कुवँर शनिबार बिहान साढे ४ बजेदेखि घरबाटै भागेर बेपत्ता भएका हेन् ।

मानसिक सन्तुलन त्यति राम्रो नभएका कुवँर बिहानै घरदेखि भागेको र परिवारले आफन्तजन, तथा बिभिन्न स्थानमा खोजी गर्दा हालसम्म फेला पार्न नसकिएको कुवँरका पिता नेत्र कुवँरले ईबागलुङलाई बताए ।

बिगत डेढ बर्षदेखि मानसिक सन्तुलन केहि असामान्य देखिएका कुवँर घरमै बस्दै आएपनी खुट्टामा जुत्ता नलगाईकन विना पैसा अचानक घरदेखि भागेर जाँदा चिन्तित तुल्याएको परिवारले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *