साताको तस्वीर : बागलुङमा फुलपाती !

बागलुङ २०७४ असोज ११ । आज नेपालीहरुको महान चाड बडा दशैँको सातौँ दिन अर्थात फुलपाती, हिन्दु धर्मावलम्वीहरुले घरघरमा फुलपाती भित्र्याउने दिन, श्रद्धापूर्वक मनाई रहेका छन् ।

फुलपातीको शुभसाईतमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्रयाइन्छ ।

नवदुर्गा शुभारम्भ भएदेखी नै दशैँको चहल पहल सुरु हुने र नवदुर्गा भवानीको पूजा अर्चना गर्ने गरिन्छ । बागलुङ कालिका देवीको मन्दिर लगायत दुर्गा भवानीका मन्दिरहरुमा श्रद्धालुहरुको विशेष भीड लाग्ने गरेको छ ।

बडा दशैँको सातौ दिन फुलपाती देखी सरकारी कार्यालयहरुलाई विदा हुने हुनाले आज देखी दशैँको चहल पहल निकै बढेको देखिन्छ ।

बागलुङ नगरपालिका- २ स्थित रुद्रेपिपलमा नेपाली सेनाले फुलपाती ल्याएर पूजागर्ने परम्परा रहि आएको छ । यस वर्षको फुलपातीमा बागलुङ स्थित नेपाली सेनाको २३ नं वाहिनी अड्डा र अर्जुन वाण गणबाट सेनाले फुलपाती ल्याएर रुद्रेपिपलमा पूजा गरिएको छ । फुलपातीका अवसरमा आज विहान सेनाको टुकडीले फुलपातीको डोली सहित बजार परिक्रमा गर्दै रुद्रेपिपल पु-याएको थियो ।

फुलपातीमा प्रहरी, सरकारी कार्यालय प्रमुख लगायत कर्मचारीहरुका साथै विशिष्ठ व्यक्तित्वहरु, सर्वसाधारणको समुपस्थितिमा पूजा गरिने प्रचलन रहेपनि पछिल्लो समय फुलपाती महोत्सवमा पहिले पहिले जस्तो जनसहभागिता भने देखिन छोडेको छ । फुलपातीको डोली ल्याउदा र लैजादा नेपाली सेनाले न्याउली बाजा बजाउदै बजार परिक्रममा गर्ने गरेको स्थानीयहरु बताउछन् ।

(आज असोज ११ गते फुलपातीका अवसरमा नेपाली सेनाले फुलपाती लिएर रुद्रैपिपलमा पूजा गर्दैका केहि तस्वीरहरु यहाँ प्रस्तुत गरिएको छ ।)

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *