जापानको कमाई छोडेर गाउँमै व्यवसायिक केरा खेती गरेर मनग्गे आम्दानी

कौरव खत्री, गुल्मी २०७४ असोज ११ । गुल्मीका एक युवा जापानको कमाई छोडेर आफ्नै गाँउमा व्यवसायिक केराखेती गदै आएका छन् । मसिकोट नगरपालिका १ भर्माचौर निवासी ४४ बर्षीय समाजसेवी युवा चन्द्रमणि घिमिरेले विगत १ बर्ष यता व्यवसायिक केराखेती सुरु गरेका हुन् ।

घिमिरेले आफ्नै झण्डै ४ रोपनी खेतमा रु.४० हजारको लगानीबाट २ सय ८० केराको बोट लगाएर केराखेती सुरु गरेका हुन् । अहिले थोरै–थोरै आम्दानी हुन थालेको घिमिरे बताउछन् ।

रोजगारीको शिलशिलामा विदेशका विभिन्न देशहरुमा ९ बर्ष दुःख पीडा भोग्दै पछिल्लो समयमा जापानमा ३ बर्ष समय विताएर स्वदेश फर्केर अव आफ्नै गाँउघरमा सानो तिनो व्यवसायको शुरुवातको थालनी गरेको घिमिरेले बताए ।

युवाहरु विदेश जाने सपना त्यागेर आफ्नै गाँउघरमा सानो तिनो पेसा व्यवसाय गरि आधुनिक कृषि गरेर पनि मनग्य आम्दानी गर्न सकिने हुदा र थोरै भएपनि आम्दानी आफ्नै ठाँउमा गर्न सकिने हुदा आफूले जस्तै अन्य युवाहरुलाई आफ्नो सिको गरेर विदेश जानु भन्दा आफ्नै जन्मभूमिमा केहि गरेर आत्मनिर्भर भएर बाँच्न सकिने कृषक घिमिरेको सल्लाह सुझाव छ ।

घिमिरेले निरन्तर रुपमा मिहेनत र परिश्रम गरेरे आफ्नै गाँउघरमा केहि गर्ने हो भने स्वदेशमै सुन फलाउन सकिन्छ भन्ने एउटा गतिलो उदाहरण प्रस्तुत गरेका छन् ।

व्यवसायबाट आफू सन्तुष्ट भएको बताउदै घिमिरेले आफूले जापानको कमाई गाँउमै गर्दै आएको बताए ।

साथै घिमिरेले केरा व्यवसायलाई बृद्धि गर्दै लैजाने र हाल झण्डै ८ सय केराका घना उत्पादन भइरहेको हुदा आउने बर्षमा केराबाट राम्रो आम्दानी हुने विश्वास लिएका छन् ।

घिमिरेले हाल ३ स्थानीय जात अन्र्तगत फुर्से, झोर्पे, मुहुरे र ३ उन्नत जात अन्र्तगत चिनीकेरा झापाली माल्भव र मनिपुरे माल्भव जात गरि ६ जातका व्यवसायिक केराखेती गरेका छन् ।

उनले केरा खेतीसँगै मेवा र खुर्सानीको खेती साथै कुखुरापालन व्यवसायबाट झण्डै डेढ बर्षमा ८ लाख आम्दानी गर्न सफल भएको बताए ।

घिमिरेले उत्पादन गरेका केरा खुर्सानी, मेवा र कुखुरा आदिको राम्रो व्यापारले गर्दा बजारमा माग अनुसार उत्पादित बस्तुहरु आफूले बजारमा पु¥याउन नसकेको बताए ।
तस्वीर कौरव खत्री ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *